नयाँ शैक्षिक शत्र शुरु हुनैलाग्दा सबैजसो बिद्यालयले बिषेशगरी प्रि प्राईमरी तहमा बिशेष छुट र आकर्षक सुविधाहरुसहितका आ-आफ्ना बिशेषताहरु उल्लेख गरिरहेको अवस्थामा पूर्वीखबरले कञ्चनजंघा किन्डरगार्टेन मन्टेश्वरी स्कुलकी संस्थापक प्रिन्सिपल ग्रेस आचार्यसँग समसामयिक बिषयमा कुराकानी गरेको छ। प्रस्तुत छ आर्चायसँग गरिएको कुराकानीको सम्पादित अंश :

१. कञ्चनजंघा कि मन्टेश्वरी स्कुल नै किन सञ्चालन गर्नुभयो ?
मैले स्नातकोत्तरसम्मको अध्ययन र अध्यापन इन्डियाबाट नै गरे। जब म नेपाल आए ससाना नानी बाबुहरुलाई पढाउने शैली गरिने व्यवहार र सिकाउनुपर्ने संस्कार सिकाएको पाईन त्यसैले मैले म आफैँबाट केहि नयाँ थालनि गर्छु भन्ने सोचेर यो स्कुल सञ्चालनमा ल्याएकी हुँ।

२. कुन बिषयमा स्नातकोत्तर गर्नुभयो अनि किन मन्टेश्वरी स्कुल सञ्चालन नै गर्ने सोच बनाउनुभयो ?
मैले अंग्रजीमा स्नातकोत्तर गरेकी छु र केही समय मैलै क्याम्पस पनि पढाए तर मैले बालबालिकाकै लागि केहि गर्छु भन्ने सोचका साथ मन्टेश्वरी स्कुल सञ्चालनमा ल्याएकी हँु।

३. तपाईको यस कञ्चनजंघा स्कुल र अन्य स्कुलमा के फरक छ जस्तो लाग्छ ?
मैले स्थापनाकाल देखिनै अरुको बारेमा केहि भनिन र भन्दिन पनि किनकी सबैले आ आफ्नो स्रोत, साधन, क्षमता अनि लक्ष्य अनुरुप मन्टेश्वरी स्कुल होस वा ट्रेडिशनल स्कुल, सञ्चालन गरेका हुन्छन् फरक त तपाईहरु र अभिभावक ज्यूहरुले छुट्याउनु हुनेछ जस्तो लाग्दछ। IMG_6948

४. तपाईको मन्टेश्वरीमा कस्तो शिक्षा दिईन्छ ?
मन्टेश्वरी स्कुल भनेको पढ्ने भन्दा पनि सिक्ने अवलोकन गर्ने प्राक्टिकल गर्ने, रमाउने, खेल्ने क्रियटिभ बनाउने र पढेको भन्दा दुई गुणा बढि जान्ने सिक्ने बुझ्ने र सोच्ने बनाउने स्कुल हुनुपर्छ जस्तो मलाई लाग्दछ। कसले के पढे भन्दा कस्ले के बुझ्यो र के गरे के सिके भन्ने कुराले महत्व पाउनुपर्दछ। भविश्यमा गएर काम गर्ने कर्मचारी मात्र उत्पादन गर्नेकी आफ्नो कम्पनी वा संस्थालाई कसरी फरक तरिकाले सञ्चालन गर्न सकिन्छ भन्ने सोच भएको तिक्ष्ण क्षमताको बौद्धिक व्यक्तित्व निर्माण गर्ने भन्ने कुराको संस्कार अनि शिक्षा, आचरण सिकाउने स्कुलको रुपमा म लिन्छु।

५. नि शुल्क भर्ना, ब्याग फ्रि, ड्रेस फ्रि, स्टेशनरी फ्रि भन्ने माईकिङ र पर्चा पम्प्लेट छोडेर तपाँईको स्कुलमा बिद्यार्थी आउछन् त तपाईकोमा चाहिँ के के फ्रि छ ?
अहिलेको समस्या भनेको यहि छ कुन मन्टेश्वरी स्कुल आफ्ना नानीबाबुहरुको लागि सहि छ र कुन छैन भन्ने छुट्याउन एकदमै महत्वपूर्ण चुनौति अभिभावकमा छ। सबैले मेरोमा राम्रो छ भन्छन झन अहिले त यो र त्यो सुविधा पनि छ भन्छन तर मलाई लाग्दछ कि एकदिन अभिभावक ज्यूहरुले बुझ्नु हुनेछ र सहि स्कुलहरु छानेर नानी बाबुहरुलाई पढाउनुहुने छ किनकी उनिहरुमा गरिएको लगानी उनीहरुलाई पढाईएको स्कुल अनि उनीहरुले पढेको सिकेको तरिका कै कारण नानी बाबुहरुको भविश्य निर्माण हुने भएको हुनाले जसले बुझ्नुभएको छैन उहाँहरुले बुझ्नुहुने छ भने बुझ्नुभएका अभिभावक ज्यूहरुलाई यस्ता अफवाह र सुविधाहरुले कुनै असर गर्छ वा आकर्षित गर्छ जस्तो मलाई लाग्दैन।

६. कञ्चनजंघा किन्डरगार्डेन मन्टेश्वरी स्कुल सञ्चालन गर्नुभएको कति बर्ष भयो ?
यो स्कुल सञ्चालन गरेको छ वर्ष भयो यो छ वर्षमा इटहरी मात्र हैन यो स्कुलले सुनसरी जिल्ला नै आफ्नो अलग पहिचान बनाउन सफल भएको छ जस्तो मलाई लाग्छ।

७. तपाईको स्कुलले टि.भी कार्यक्रम सञ्चालन गरेको, इटहरी लिटल प्रिन्सेस जितेको समेत देखिन्छ सुनिन्छ। कसरी यस्ता योग्य नानीबाबुहरुलाई तयारी गराउनुहुन्छ ?
मैले अघि नै भनिसके नि म केहि फरक गरौँ भन्ने सोच राख्ने मान्छे हुँ। सयौँ हजारौ स्कुलले के गर्छन म त्यसमा महत्व दिन्न, मैले नानीबाबुहरुको लागि के नयाँ गर्न सकेँ यो स्कुल किन अरुभन्दा फरक छ किन यहि स्कुल खोज्दै अभिभावक आउने भन्ने कुरालाई प्राथमिकता राखेर काम गर्दछु र गराउँदछु। यस स्कुलका नानीहरुले तयार परेको चिजन्स किड्स वल्र्ड सिजन २ यहि फाल्गुनदेखि इटहरी कै एरिना टि.भीबाट प्रशारण हुन लागेको छ जसका लागि यसै स्कुलका ससाना नानी बाबुहरुले धेरै मेहनत गर्नुभएको छ।

८. यो कार्यक्रम इटहरी लिटल प्रिन्सेसले चलाउने रे भन्ने सुनिन्छ नि सत्य हो ?
हैन हाम्रो नानी इटहरी लिटल प्रिन्सेसले मात्र हैन समुहमा धेरै नानीबाबुहरुद्वारा सञ्चालन हुनेछ र यसको ८/ १० एविसोड कार्यक्रम तयार भईसकेको छ। IMG_6950

९. यस स्कुलमा नै नानिबाबु किन भर्ना गर्ने ?
पढाउनु सिकाउनु बुझाउनु अनि खेलाउनु यि फरक फरक कुरा हुन यसमा पनि कसले कसरी पढाउँछ कसरी सिकाउनेले समेत सिकाइमा दुरगामी असर पार्दछ। विश्वमा भएका नयाँ नयाँ प्रविधि प्रयोग गरेर हामी पढाउँछौँ, हरेक बस्तुको सामान्य ज्ञान दिएर पुग्दैन वा त्यो अपूर्ण शिक्षा हुन जान्छ अत पूण शिक्षा दिँदै नयाँ टेक्नोलाजीद्वारा हामी अध्यापन गराउछौँ। उनीहरुलाई शिक्षासँगै संस्कार दिन्छौ। सिकाउनका लागि सम्पूर्ण सामानहरुले भरिपूर्ण ल्याव छ जहाँ उनीहरु हेरेर सुँघेर छोएर अनि अनुभव गरेर पढ्नेछन र सिक्नेछन जसले गर्दा सिकेको कुरा क्षणिक नभई लामो समयसम्म उनीहरुको मेमोरीमा बस्नेछ। स्मार्ट कक्षा थिमेटिक पढाई प्राक्टिकल कक्षाहरु फिल्ड भिजिट सचेतना कार्यक्रम जस्ता कुराले गर्दा नानिहरु यस स्कुलमा राखेपछि मात्र सहि स्कुलमा राखेँछु भनेर अभिभावकहरुले भन्ने गरेको पाएकी छु। अत यदि आफ्नो नानी बाबुहरुलाई बिश्व बजारमा जहाँसुकै गएर पनि आफुले पढेको सिकेको कुरा निर्धक्क लागुगर्न सक्ने बनाउन लागि र स्मार्ट टेक्नोलोजीमार्फत पढाई हुने भएकोले अभिभावकले यो स्कुल नै रोज्ने गर्नुभएको छ।

१०. अबको शिक्षा भनेको कस्तो हुनुपर्छ ?
अबको शिक्षा भनेको अरुले अह्राएको काम गर्ने कर्मचारी हैन आफ्नै व्यवस्थापनमा कम्पनी व्यापार व्यवसाय सञ्चालन गरी लाखौँ करोडौँलाई आफुले अह्राउन सक्ने वा काम दिनसक्ने जनशक्ति उत्पादन गर्नुपर्ने हुन्छ। बिश्व धेरै अगाडी बढिसक्यो तर हामी र हाम्रा पढाउने शैली धेरै पछाडी परेको छ वा पारिएको छ। अत हामीले यो क्षेत्रमा केहि न केहि नयाँ सुरुवात गर्नुपर्ने नै थियो त्यो मैले पनि थालेको छु जस्तो लाग्छ। त्यसैले अबको शिक्षा पुरानो घोकन्ते परिक्षामुखी वा प्रतिफलमुखी नभएर व्यावहारीक पनि हुनुपर्छ।

११. तपाईको स्कुलमा बिद्यार्थी कहाँ कहाँबाट आउछन् ?
हाम्रो स्कुलमा खनार, सोनापुर, कान्छीचोक र यस्तै इटहरीका अन्य बिभिन्न क्षेत्रबाट नानी बाबुहरु आउने गर्नुभएको छ। हाल हामीसँग सुविधा सम्पन्न फोर्स कम्पनीका २ बाट साना बसहरु र एउटा मारुती भेन छ। यहाँहरुको सुविधा र सुरक्षालाई प्रमुख महत्व दिने यस स्कुललाई टाढा टाढाबाट खोज्दै आउने अभिभावकको संख्या पनि बढ्दो छ।

१२. यस स्कुलको नानीहरुमा अलि फरक खालको संस्कार मैले पाए के पढाई अनि सिकाईसँग अन्य कुराहरु पनि सिकाउनुहुन्छ ?
हजुर अवश्य पढाईभन्दा पहिले संस्कार महत्वपूर्ण हुन्छ हामी संस्कारसहितको शिक्षा भनिरहेका छौँ, अनि बुझाईरहेको छौँ तरपनि सबै अभिभावकलाई बुझाउन नसक्नु हाम्रो कम्जोरी छ। धेरैले सबै मन्टेश्वरी स्कुल अनि ट्रेडिशनल स्कुललाई एउटै हो भन्ने सोच्नुहुन्छ। कतिले यो मात्र साना ट्रेडिशनल स्कुललाई एउटै हो भन्ने सोच्नुहुन्छ। कतिले यो मात्र साना ३, ४ बर्षका नानीबाबुहरुको लागि हो भन्ने बुझ्नुहुन्छ। कतिले सानो स्कुल हुने भएको स्कुल नै मान्नुहुदैन तर बास्तविकता त्यस्तो हुदैन यहाँ त संस्कार खान, बस्न, बोल्न शेयर गर्न ग्रुपमा काम गर्न मेहनत गर्नसमेत सिकाईन्छ। अझ हामी त प्राक्टिकल तरिकाले शिक्षा दिने भएको हुनाले यस्ता कुराहरुमा बिशेष ध्यान दिन्छौँ त्यसैले गर्वका साथ हामी भन्छौँ। हाम्रा नानी बाबु अन्यभन्दा फरक छन् र फरक तरिकाले नै सोच्छन् किनकी उनीहरुको सिकाईसमेत अलि फरक नै हुने गर्दछ। IMG_6949

१३. तपाईको स्कुलले अनि तपाईको नानीबाबुहरुले सञ्चालन गर्न लागेको टि.भी कार्यक्रमको बारेमा थोरै भनिदिनुहोस न।
हाम्रो स्कुलले निर्माण गर्न लागेको टि.भी कार्यक्रम चिजन्स किड्स बल्र्ड सिजन २ हो। यो कार्यक्रम यसै स्कुलका नानीबाबुहरुले सञ्चालन गरिरहनुभएको छ। हामीले हाम्रा नानीबाबुहरु हरेक क्षेत्रमा उत्तिकै निपूर्ण हुनुहोस भनेर फरक गतिविधि गर्ने गरेका छौँ। यति सासाना नानी बाबुहरुले सञ्चालन गर्ने यो कार्यक्र बिल्कुलै फरक शैलीमा सञ्चालन गरिरहेका छौँ।

१४.यो कति कक्षासम्म छ र भविश्यको योजना के छ ?
यो स्कुल हाल पि.जि देखि कक्षा ५ सम्म सञ्चालनमा छ यस स्कुललाई ठूलो कक्षाहरुसम्म सञ्चालन गर्ने भन्दा पनि कक्षा ५सम्मको लागि नै उत्कृष्ट बनाउने हाम्रो प्रयास छ। स्थापनाको ४,५ बर्षमा नै यस स्कुलले कमाएको उपलब्धीलाई अझ प्रभावकारी बनाउन एउटा छुट्टै सोचका साथ हामी अगाडी बढेका छौँ। यहाँ प्रत्येक कक्षामा आवश्यक कोटामा मात्र भर्ना लिईन्छ अनावश्यक धेरै संख्यामा बिद्यार्थी हामी लिँदैनौँ र राख्दैनौँ पनि।