घरायसी विवादमा श्रीमानले पेट्रोल छर्केर जिउँदै जलाए श्रीमती

  • न्युजडेस्क
  • प्रकाशित मिति: माघ १३, २०७६

फाइल तस्विर

इटहरी / सिराहाको औरही गाउँपालिका–२ मा श्रीमानले श्रीमतीलाई जिउँदै आगो लगाएका छन्। २१ वर्षीया अनिताकुमारी यादवलाई श्रीमान् विनोद यादवले शुक्रबार साँझ पेट्रोल छर्केर आगो लगाइदिएका हुन्।

घाइते अनितालाई छिमेकीको सहयोगमा उपचारका लागि परिवारले विराटनगरस्थित म्याक्स अस्पताल पुर्‍याएका थिए, त्यहाँ उपचार सम्भव नभएपछि अनितालाई आइतबार बिहान ३ बजे राजधानीको कीर्तिपुर अस्पताल ल्याइएको थियो। तर, अस्पताल पुर्‍याउँदा उनको ज्यान गइसकेको थियो।

खाना बनाउँदै गर्दा श्रीमान् र श्रीमतीबीच पारिवारिक लेनदेनको विषयमा विवाद भएको र सोही क्रममा विनोदले अनितालाई पेट्रोल छर्किंदा चुल्होबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो। 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved