शिल्पाविरुद्ध ठगीको उजुरी

  • बिजय ओझा
  • प्रकाशित मिति: फाल्गुन २६, २०७६

एजेन्सी / बलिउड नायिका शिल्पा सेठ्ठीविरुद्ध ठगीको उजुरी परेको छ। उनीमाथि ठगीको उजुरी परेपछि अहिले उनका फ्यानहरू निराश बनेका छन्। शिल्पा र उनका श्रीमान् राज कुन्द्रासहित केही सहयोगीको नाममा प्रहरीमा उजुरी दर्ता भएको हो।

तर, शिल्पाका श्रीमान् कुन्द्राले विज्ञप्ति जारी गर्दै आरोपलाई ठाडै अस्वीकार गरेका छन्। उनीहरूमाथि सुन खरिदबिक्रीमा ठगीको आरोप लागेको हो। यो आरोप पुष्टि भएमा उनीहरूले हर्जाना तिर्नुपर्ने हुन्छ।

उनीहरूमाथि गैरआवासीय भारतीय नागरिक सचिन जोशीले प्रहरीमा अभियोग दर्ता गरेका हुन्। मुम्बइको खार पुलिस थानामा जोशीले उजुरी दर्ता गरेका हुन्। राज कुन्द्राको नाममा रहेको सतयुग गोल्ड प्रालिले आफूलाई ठगी गरेको उनले उजुरीमा उल्लेख गरेका छन्।

जोशीले उजुरीमा उल्लेख गरेअनुसार सन् २०१४ मा सतयुगबाट करिब १८ लाख ५८ हजार रुपैयाँ भारुमा सुन खरिद गर्ने योजना रहेको थियो। क्रमिक रूपमा सुन उपलब्ध गराउनु पर्ने भनी गरिएको सहमतिअनुसार उपलब्ध नभएपछि उजुरी दर्ता गर्नुपरेको उनले उल्लेख गरेका छन्।

स्मरणरहोस् शिल्पा र राजले सन् २०१६ र २०१७ मा कम्पनीको निर्देशकबाट राजीनामा बुझाइसकेका छन्। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved