पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे लेखिएको पुस्तक  "जनयुद्धका नायक, प्रचण्ड" को शनिबार बराहक्षेत्रमा परिचर्चा गरिएको छ । पुस्तक परिचर्चा कार्यक्रम प्रेस सेन्टर बराहक्षेत्र नगर कमिटीको आयोजनामा भएको हो ।

20220618_130946

बराहक्षेत्र-६को दलित भवनमा भएको कार्यक्रम प्रेस सेन्टर बराहक्षेत्रका अध्यक्ष सकुल नेपालको सभाध्यक्षता र माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्मल बरालको प्रमुख आतिथ्यतामा सप्पन्न भएको हो । कार्यक्रममा माओवादी केन्द्रका प्रदेश-१ कमिटी सदस्य पुष्प ढुङ्गाना, जिल्ला कमिटी सदस्य गणेश पाण्डे, बराहक्षेत्र नगर कमिटी सचिब अमित गौतम लगायतको उपस्थिति रहेको थियो ।

20220618_133602

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले उक्त पुस्तक कम्युनिस्टहरुको क्रान्तिकारी बिचार धारणाहरुको इतिहास भएको बताउनु भएको छ । त्यसैगरी नगरकमिटी सचिब गौतम र प्रदेश कमिटी सदस्य ढुङ्गानाले दस वर्षे जनयुद्ध नभएको भए जनताहरुले अहिले जस्तो बोल्न र आफ्ना बिचारहरु राख्न नसक्ने बताउनु भएको छ ।

20220618_132009

कार्यक्रममा पुस्तकका लेखक राम प्रसाद खरेलले उक्त पुस्तक प्रचण्ड बारेको एउटा दस्तावेज मात्र  नभएर सबैको लागि एक उपयोगी पुस्तक भएको बताउनु भएको छ । त्यसैगरी कम्युनिस्ट नेताहरुको अन्तर्वार्ता लिनका लागि समेत पत्रकारहरुलाई सन्दर्भ सामाग्रीका रुपमा प्रयोगहुने समेत खरेलले बताउनु भएको छ ।

20220618_140530

लेखक खरेलका अनुसार अब केही दिनमै प्रचण्डकै उपस्तिथिमा बिराटनगरमा समेत उक्त पुस्तकको परिचर्चा कार्यक्रमहुने भएको छ । लेखक खरेलका यस भन्दा अगाडिका महानवाणी, रे, सकारात्मक सोच र जीवन उर्जा, अक्षरमा मान्छे लगायतका दर्जनौं पुस्तक प्रकाशित भइसकेको छ । परिचर्चा कार्यक्रममा ५० वटा उक्त पुस्तक माओवादी केन्द्रका बराहक्षेत्र नगर कमिटी सचिब  अमित गौतमले सहभागीहरुलाई नि:शुल्क वितरण गर्नु भएको थियो ।