‘हट’ अवतार लिएर आइन साम्राज्ञी

  • न्युजडेस्क
  • प्रकाशित मिति: मंसिर २७, २०७९

इटहरी/ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी  शाहका ३ फिल्म प्रदर्शनको तयारीमा छन्। पुस, माघ र फागुनमा उनका ती फिल्म रिलिज हुने छन्। छोटो समयको अन्तरालमा आफ्ना ३ फिल्म प्रदर्शन हुने भएपछि साम्राज्ञीको व्यस्तता पनि निकै बढेर गएको छ।

साम्राज्ञीले अभिनय गरेको ‘तिम्रो मेरो साथ’ पुस २९ गते प्रदर्शन हुने छ। माघ २० मा साम्राज्ञीले जितु नेपालसँग स्क्रिन सेयर गरेको फिल्म ‘ह्यारीकी प्यारी’ प्रदर्शनमा आउने छ। उनको अर्को फिल्म ‘लन्डन टु फेरिस’ फागुन ५ मा रिलिज हुने छ। छोटो समयको अन्तरालमा फिल्म रिलिज हुने भएपछि साम्राज्ञीको व्यस्तता मात्रै होइन, उनलाई दबाब पनि बढ्न थालेको छ।

त्यसैले साम्राज्ञी अहिले आफ्नो फिल्म प्रचारमा सक्रिय छिन्। सोही क्रममा साम्राज्ञी हट अवतारमा प्रस्तुत भएकी छन्। उनी ‘तिम्रो मेरो साथ’को एक आइटम ट्रयाकमा बोल्ड अवतारमा प्रस्तुत भएकी छन्। यो फिल्ममा साम्राज्ञीले पुष्प खड्कासँग रोमान्स गर्नेछिन्। 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved