स्वर्णिम साहित्य समाज, बराहक्षेत्रमा साहित्यको दरिलो खम्बा हो । यस साहित्य समाजले हाल स्कुलमा कविता कार्यक्रम चलाइरहेको छ । प्रथम अडिसन कालाबन्जरमा र दोस्रो अडिसन चतरामा भै सकेको छ । तेस्रो अडिसन भने शनिबार चक्रघट्टीको महेन्द्र माध्यमिक विद्यालयमा भएको छ । उक्त अडिसनमा साबिक महेन्द्र नगर गा.बि.स. का ५ वटा माध्यमिक विद्यालयहरुले सहभागी जनाएका थिए ।

331564750_2252382094970572_6337452994387192202_n

यस अडिसनमा बराहक्षेत्र-७ को बसन्तऋतु मा.बि.का विद्यार्थी आर्यन निरौल प्रथम, बराहक्षेत्र-६ को  महेन्द्र मा.बि.चक्रघट्टीकि युजिना श्रेष्ठ द्वितीय र बराहक्षेत्र-८ को  कोशी मा.बि.बागझोराकि चीना कटुवाल तृतीय भएकी छिन् । यस अडिसनबाट प्रथम र द्वितीयले मात्र बैशाख २ गते हुने फाइनल अडिसनमा सहभागी हुन पाउने आयोजकले बताएको छ । स्कुलमा कविताको निर्णायकमा कविहरु प्रह्लाद पहरेदार, राजन इसारा र सबिता फागो चोङ्गवाङ्ग रहेका छन् । साहित्य समाजका अध्यक्ष प्रकाश दिप्सालीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कपिल आचार्यले  सहभागी विद्यार्थीहरुको खुलेर प्रशंशा समेत  गरेका थिए ।

331703981_510865597793962_5614545708034513815_n

कार्यक्रममा बेलबारीकी कवि रेखा सुवेदी र बराहक्षेत्रका स्थानीय कवि सुबिन बिश्वकर्माले समेत आफ्नो कविता सुनाएका थिए ।

331441844_551958653664369_9170861910299384539_n