विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने घोषणा

  • पूर्वीखबर
  • प्रकाशित मिति: चैत्र ३, २०७९

काठमाडाै । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर सम्मान रकम घोषणा गरेका हुन्।

यस क्रममा उनले टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३/३ लाख रुपैयाँ दिने घोषणा गरे। साथै देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए। 

‘त्रिवि क्रिकेट मैदानमा तत्काल फ्लटलाइट र स्कोरबोर्ड व्यवस्था गरिनेछ’, प्रधानमन्त्री प्रचण्डले खेलाडीसँग भने, ‘केही रंगशाला निर्माण पनि अघि बढाइनेछ।’ 

प्रधानमन्त्रीको निम्तोमा विश्वकप छनोटमा पुगेका नेपाली टिमका सदस्य, प्रशिक्षक र अफिसियलहरू आज बिहान प्रधानमन्त्री निवास पुगेका थिए।बिहीबार यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved