भ्रमण, तालिम, गोष्ठी जस्ता कार्यक्रम रोक्न इटहरीका मेयर पौडेलको निर्देशन

  • न्युजडेस्क
  • प्रकाशित मिति: चैत्र ६, २०७९

इटहरी/ इटहरी उपमहानगरले चालु आर्थिक बर्ष २०७/०८०को स्वीकृत बजेट अन्तरगतका तालिम, गोष्ठी, सेमिनार, अभिमुखिकरण, अध्ययन अवलोकन भ्रमण जस्ता कार्यक्रमहरु बन्द गर्ने भएको छ। अर्थमन्त्रालयले खर्च कटौती गर्न स्थानीय तहहरुलाई परिपत्र गरे सँगै उप-महानगरले यस्तो निर्णय गरेको हो।

इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले आर्थिक मितव्ययी अपनाउन भन्दै तत्कालको लागि कार्यक्रम रोकिएको जनाउनुभयो। मेयर पौडेलले उपमहानगरबाट भएको अधिकांस तालिम तथा गोष्ठीहरु समेत प्रभावकारी नभएको भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो।

itahari 1
उप–महानगरको महाशाखा, शाखाहरुलाई गरिएको परिपत्र, तस्विर सौजन्य : मेयर पौडेलको सचिवालय

अर्थमन्त्रालयले खर्च कटौती गर्न स्थानीय तहहरुलाई परिपत्र गरे सँगै उप-महानगरका मेयर हेमकर्ण पौडेलले अर्को सुचना नभए सम्मका लागि कार्यक्रमहरु रोक्न उपमहानगरका महाशाखाहरु, शाखाहरु र वडा कार्यालयहरुलाई निर्देशन दिनुभएको हो।

मेयर पौडेलले फजुल खर्च सँगै यसअघि नै कर्मचारीहरुलाई दिँदै आएको मासिक पाँच हजार खाजा खर्च, इन्धन खर्च कटौती गरिसकेको बताउनुभएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved