इटहरीमा हुने महाशिव गंगा आरतीमा तत्कालिन राजा सहभागी हुने

  • न्युजडेस्क
  • प्रकाशित मिति: चैत्र ९, २०७९

सुनसरी/ तत्कालिन राजा ज्ञानेन्द्र शाह इटहरीमा हरेक साता हुने महाशिव गंगा आरतीमा सहभागी हुनुहुने भएको छ। तत्कालिन राजा ज्ञानेन्द्र आगामी सोमबार महाशिव गंगा आरतीमा सहभागी हुनुहुने भएको हो।

सुनसरी र मोरङ्ग जिल्ला जोड्ने बृद्दगंगा(बुढिखोला) तटमा रहेको गंगा जमुना मुक्तिघाटमा हरेक सोमबार सञ्चालन हुने महाशिव गंगा आरतीमा सहभागी हुन चैत्र १३गते तत्कालिन राजा आउन लाग्नुभएको राप्रपाका बरिष्ठ नेता समेत रहनुभएका पूर्वमन्त्री रामकुमार सुब्बाले बताउनुभयो। 

समितिले सञ्चालन गर्न लागेको धार्मिक कार्यमा यही १३ गते सोमबार साँझ ५ बजे ज्ञानेन्द्र शाह, भोलेनाथको दर्शनका साथै आरतीमा आउन लाग्नुभएको हुँदा उपस्थिति लागि भक्तजनहरु समक्ष महाशिव गंगा आरती आयोजक समितिका सुरज कँडेलले अनुरोधसमेत गर्नुभएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved