अमीषाविरुद्ध अदालतकाे वारेन्ट : चेक बाउन्सकाे अभियाेग

  • पूर्वीखबर
  • प्रकाशित मिति: चैत्र २५, २०७९

मुम्बई । बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २’का कारण चर्चामा छिन् । लामो समयपछि उनी फिल्ममा कमव्याक गर्दै छिन् । यहीबीच राँची सिभिल कोर्टले अभिनेत्रीविरुद्ध वारेन्ट जारी गरेको छ ।उनीमाथि चेक बाउन्सको आरोप छ । अदालतले बिहीबार अभिनेत्री र उनको बिजनेस पार्टनरविरुद्ध वारेन्ट जारी गरेको हो ।

अदालतले पटक पटक तारिख दिए पनि अमीषा र उनको वकिल अदालत पुगेका छैनन् । अभिनेत्रीको यो रवैयामाथि कोर्टले दुःख व्यक्त गरेको छ ।अब मुद्दाको आगामी सुनुवाइ अप्रिल १५ मा हुनेछ । यो मामलामा अभिनेत्रीमाथि अढाई करोड रुपैयाँ धोखाधडीको आरोप छ । राँची जिल्लाका हरमू निवासी अजयकुमार सिंहले अमीषा र उनका बिजनेस पार्टनरविरुद्ध धोखाधडीको मुद्दा दर्ता गराएका थिए ।

अजयका अनुसार अमीषाले फिल्म ‘देसी म्याजिक’ को अफर दिँदै अजयलाई फिल्ममा लगानी गर्न आग्रह गरेकी थिइन् । त्यसपछि अजयले अढाई करोड रुपैयाँ अमीषाको खातामा पठाइदिएका थिए ।फिल्मको सुटिङ सन् २०१३ मा हुनुपर्ने थियो ।

तर सुटिङ भएन । त्यही बेला अजयले अमीषालाई पैसा फिर्ता माग्दा अमीषा र उनको मेनेजरले फिल्मको काम पुरा गरेपछि व्याजसहित पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए ।अमीषाले लामो समयसम्म पैसा नदिएपछि अक्टोबर २०१८ मा अजयलाई अढाई करोड र ५० लाखको दुई चेक दिएकी थिइन् । तर चेक बाउन्स भएपछि उनले अमीषाविरुद्ध उजुरी दिएका हुन् ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved