यस्तो छ बलिउड अभिनेता आयुष्मानको फिटनेस राज

  • न्युजडेस्क
  • प्रकाशित मिति: बैशाख ७, २०८०

मुम्बइ ।  आयुष्मान खुराना बलिउडका उत्कृष्ट अभिनेताहरूमध्ये एक हुन्। अभिनयसँगै उनी गायन र शारीरिक फिटनेसमा पनि उत्तिकै अब्बल मानिन्छन्। आयुष्मानले नियमित कसरत र स्वस्थ खाना खाएर आफ्नो फिटनेस कायम राख्छन्। उनको आहारमा प्रायः फलफूल, तरकारी र प्रोटिनको शाकाहारी स्रोत समावेश हुन्छ। उनी काममा व्यस्त हुँदा पनि कसरत छोड्दैनन्। 

उनको कसरतमा कार्डियो, स्किपिङ,  वेट लिफ्टिङ, मांसपेशी निर्माण लगायतका व्यायामहरु समावेश छन्। खुरानालाई जगिङ मन पर्छ। उनी आफ्नो शरीर र दिमाग स्वस्थ राख्न योग पनि गर्छन्। उनी जिममा हिड्न मन नलाग्ने दिनहरूमा स्किपिङ गर्न रुचाउँछन्। खुराना सामान्यतया हप्तामा तीनदेखि पाँच पटक जिम जान्छन्। 

जिम नगर्ने दिनहरूमा उनी भ्यानभित्र तौल र स्किप गर्ने अभ्यास गर्दछन्। उनी फुटबल र क्रिकेटजस्ता बाहिरी खेलकुदका पनि प्रशंसक हुन् र फुर्सदको समयमा यस्ता खेल खेल्न रुचाउँछन्। 

खुराना सन् २०१९ मा शाकाहारी बनेका थिए। उनको खानामा स्वस्थ तरकारी र फलफूलहरू समावेश छन्। उनी स्वस्थ  पेय पदार्थको धेरै मन पराउँछन्। खुरानाले खाना खानु अघि र पछि एक गिलास पानी पिउने गर्छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved