क्यान्सरका कारण जटिल अवस्थामा पुगेका एक ४ वर्षिय बालकका लागि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । धरान-१२ सुनसरीका अनमोल श्रेष्ठका छोरा ४ वर्षका साइमन श्रेष्ठको स्वास्थ्य अवस्था जटिल भएको र परिवारको आर्थिक अवस्थासमेत कमजोर भएकाले सहयोगका लागि परिवारले अपिल गरेको हो ।
भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनलाई डाक्टरको सल्लाह अनुसार ५/६ वर्ष सम्म उपचार गर्नु पर्ने र उनलाई प्रयोग गर्ने औषधी भारतबाट ल्याउनु पर्ने र सो औषधी मासिक ५६ हजार भारतीय रुपैयाँ बराबरको लाग्ने उनका परिवारले उल्लेख गरेका छन्।
आर्थिक स्थिति कमजोर भएकाले उनको परिवारले आर्थिक सहयोगका लागि अपिल गर्दै आएका छन्। उनलाई सानिमा बैंकमा साइमन श्रेष्ठ नामको खाता नम्बर 076011080000798 मा आर्थिक सहयोग गर्न सकिने परिवारले जनाएको छ।
बिरामीको बुवा अनमोल र आमा सेलिना श्रेष्ठको सम्पर्क नम्बर 9829365391 र 9813857724 समेत सार्बजनिक गरिदिन परिवार ले आग्रह गरेका छन् ।