गौर हत्याकाण्डको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा

  • पूर्वीखबर
  • प्रकाशित मिति: जेठ २२, २०८०

काठमाडाैं । गौर हत्याकाण्डसम्बन्धी रिटको पेशी न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। रौतहटको गौरमा रहेको राइस मिलमा २०६३ साल चैत ७ गते २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो। मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा घटना भएको थियो।

दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले रिट दायर गरेका हुन्। हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले दोषीमाथि छानबिन तथा मुद्दा दायर नगरेको भन्दै पीडित परिवारले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन्। 

जाहेरीमाथि अनुसन्धान गरी मुद्दा दायर गर्न अन्तरिम आदेश जारी गरिएको रिट इजलासको अन्तीम सूचीमा छ। हत्यामा फोरमसम्बद्ध नेता, कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको आरोप छ।साहले रिटमा उक्त घटनाको पुनः अनुसन्धान गरी मुद्दा दायर गर्न माग गरेका छन्। 

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिल कार्यालय रौतहट लगायतलाई विपक्षी बनाइएको छ। माओवादी कार्यकर्ताले कार्यक्रम सुरु गर्न लाग्दा मधेसी जनअधिकार फोरम सम्बद्ध नेता तथा कार्यकर्ताले दिउँसो १ः४५ बजे मञ्जमा पुगेर आक्रमण गरेका थिए। 

२७ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो।सरकारले गौर हत्याकाण्डलाई राजनीतिक घटना भन्दै आरोपितलाई उन्मुक्ति दिएको थियो।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved