इटहरी/ मोवाईल हिजो आज सबैको अभिन्न अंग भएको छ। बरु साथमा रकम नहुँदा खासै छटपटि हुन्न तर साथमा एकछिन मोवाईल भएन भने धेरैजनालाई छटपटि अनि बेचैनि हुने गर्छ।

अनि प्राय सबैजनाले मोवाईलमा आवश्यक डकुमेन्ट अनि मोवाईल नम्बरहरु सुरक्षित गरेका हुन्छन्। अनि मोवाईल हरायो अथवा चोरी भयो भने हामीलाई समस्या हुने गर्दछ।

आज तपाँईलाई हामी मोवाईल हरायो अथवा चोरी भयो भने के गर्ने भन्ने जानकारी दिन गईरहेका छौँ आशा छ तपाँईलाई पक्कै यो बिषय काम लाग्ने छ।

सर्वप्रथम तपाँईको चोरी भएको वा हराएको मोवाईलहरु नेपाल दुरसञ्चार प्राधिकरणको MDMS प्रणालीमा Register भएको हुनुपर्छ । त्यसपछि आफ्नो कम्प्यूटर, ल्यापटप वा मोवाईलमा Google खोल्नुहोस। अनि  Googleमा गएर nta.gov.np टाईप गरी सर्च गर्नुहोस। त्यसपछि नेपाल दुरसञ्चार प्राधिकरणको Side खुल्छ। अनि प्राधिकरणको Side खुलेपछी IMEI/Mobile Track Registration मा Click गर्नुहोस। त्यसपछी एउटा फर्मेट आउछ सो फर्मेटमा चोरी तथा हराएको मोवाईलको IMEI No, मोवाईल नम्बर, मोवाईलको IMEI No, Brand, Model, Lost/Stolen एउटा छान्नुहोस। हराएको मिति, हराएको ठाउँ टाईप गर्नुहोस र Nationality मा Nepal राख्नुहोस । Validate IME and Continue मा Click गर्नुहोस ।

त्यसपछि Email Addres मा Gmail Id टाईप गरी Request OTP मा Click गर्नुहोस। तपाईको OTP कोर्ड Gmail Id को Inbox मा आउछ । सो OTP कोर्ड Verification Code (OTP ) को खाली ठाँउमा टाईप गर्नुहोस। Validate IME and Continue मा Click गर्नुहोस। त्यसपछि निवेदकको नामथर, सम्पर्क नम्बर, ठेगाना, नागरिकता वा राहदानी नम्बर, नागरिकता वा राहदानीको फोटो Upload identiy Document मा राख्नुहोस। (फोटो भने २५० MB भन्दा मुनिको हुनुपर्छ) । त्यसपछि Next मा Click गर्नुहोस।

त्यसपछि तपाँईहरुले माथि भरेको रिपोर्ट ठिक छ वा छैन एकचोटी चेक गरी ठिक छ भने Submit From मा Click गर्नुहोस। Click गरेपछी Lost Stolen Registration Successful Ok गर्नुहोस। त्यसपछि चोरी वा हराएको मोवाईल सेटहरु रिपोर्ट गरेपछि माथि राख्नुभएको Gmail Id Check गरी रहनुहोला । तपाँईहरुको मोवाईल सेटमा अन्य मोवाईल नम्बरहरु प्रयोग भएमा सो Gmail Id मा नेपाल दुरसञ्चार प्राधिकरणबाट पत्र आएपछि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नुहोस।