इटहरी/ बिराटनगरका औषधी ब्यवसायी प्रदिप कुमार दास नेपाल औषधि व्यवसायी संघको केन्द्रिय सदस्यमा निर्बिरोध निर्वाचित भएका छन्। दास संघको चौधाँै महाधिबेसनमा केन्द्रिय सदस्य (खुद्रा) पदमा निर्बिरोध निर्वाचित भएका हुन्।

नेपाल औषधि व्यवसायी संघको कोशी प्रदेश समितिका सह–कोषाअध्यक्ष, लाईफचेक फार्मेसी र बिराटनगर मेडिसिन बजार प्रा.लि.का सञ्चालक दास बिरगञ्जमा जारी चौधौँ महाधिबेशनमा निर्विरोध निर्वाचित भएका हुन्। IMG_1648

निर्बिरोध निर्वाचित भएका दासलाई औँषधी ब्यवसायीहरुले बधाई तथा सफल कार्यकालको शुभकामना समेत प्रदान गरेका छन्।