ब्रमहपुर सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा मनोज तामाङ्ग निर्वाचित

  • न्युजडेस्क
  • प्रकाशित मिति: भदौ २४, २०८०

इटहरी/ इटहरी १९मा रहेको ब्रमहपुर सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा मनोज तामाङ्ग निर्वाचित हुनुभएको छ। तामाङ्गले निकटतम् प्रतिद्वन्दि सुरेश बनलाई करिव दोब्बर मतले पराजित गर्दै निर्वाचित हुनुभएको हो।

शनिबार भएको निर्वाचनमा तामाङले २ सय ६३मत प्राप्त गर्दा वनले १ सय २३ मत प्राप्त गर्नुभयो। त्यस्तै अर्का उम्मेद्वार बुद्ध वम्जनले ९८ मत प्राप्त गर्नुभयो।

यस्तै तामाङ्गको १सय ३६मत बद्दर भएको जनाईएको छ।

यस्तै उपाध्यक्ष पदका लागि टेक बहादुर बस्नेत निर्वाचित हुनुभएको छ। बस्नेतले निकटतम् प्रतिद्वन्दि कमल गुरुङ्गलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो। उपाध्यक्षमा बस्नेतले ३सय ५मत प्राप्त गर्दा गुरुङ्गले १सय ५१मत प्राप्त गर्नुभयो।

अरु पदमा अरुमा निर्बिरोध हुँदा अध्यक्ष र उपाध्यक्ष पदमा तीन–तीनजनाको उम्मेद्वारी परेको थियो। इटहरी १७ र १९का उपभोक्ता मतदाता रहेको निर्वाचनका लागि अध्यक्ष पदमा अघिल्लो कार्यसमितिको कोषाध्यक्ष समेत रहेका सुरेश बन उम्मेद्वार हुनुहुन्थ्यो।

यसैबीच सचिवमा कोपिला खत्री र कोषाध्यक्षमा रेनुका ढकाल अधिकारी सर्वसम्मत निर्वाचित भईसक्नुभएको छ। अनि कार्यसमिति सदस्यहरुमा पनि ८ जना सर्वसम्मत भईसक्नुभएको छ।

जसमा पविमाया बिक, शुसिला खड्का, शुभद्रा अधिकारी, युवराज कटवाल, प्रमिला गिरी, खड्गबहादुर पुरी, आशिष तामाङ्ग, पविमाया कामी सर्वसम्मत भएका छन्। अरु दुईजना सदस्य कार्यसमितिले मनोनित गर्ने निर्वाचन समितिले जनाएको छ।

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved