इटहरीमा अव निःशुल्क शववाहन र एम्बुलेन्स सेवा

  • न्युजडेस्क
  • प्रकाशित मिति: भदौ २५, २०८०

इटहरी / सुनसरीको इटहरीमा सोमबार(आज) देखि निःशुल्क शववाहन र एम्बुलेन्स सेवा शुरु गरिएको छ। इटहरीको जनतालाई निःशुल्क रुपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर निःशुल्क रुपमा सेवा बिस्तार गरिने भएको हो।

नगर प्रमुख हेमकर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरि निःशुल्क एम्बुलेन्स र शववाहन सेवा शुरु गरिएको जनाउनुभयो। इटहरी उप– महानगरपालिकाले आफ्नो जनताको लागि घर देखि घाट सम्म शववाहन र घर देखि इटहरी अस्पताल सम्म निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाई छ। biramis

नगर प्रमुख पौडेलले आफु निर्वाचित भएदेखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउदै एक बर्ष भित्रमा इटहरी अस्पतालमा ब्यापक सुधार हुने बताउनुभयो। मेरो उद्देश्य इटहरीको जनता उपचारको लागि धरान, बिराटनगर जानु नपरोस भन्ने हो प्रमुख पौडेलले भन्नुभयो।

पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्याधिक बढेको भन्दै एम्बुलेन्स र शववाहनको अभाव शुरु भएको कारण जनतालाई निःशुल्क रुपमा उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख पौडेलले भन्नुभयो। अस्पतालमा बिशेषज्ञ डाक्टरहरुको सुबिधा भए सँगै बिरामीको संख्या बढ्दै गएको छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved