कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

  • पूर्वीखबर
  • प्रकाशित मिति: भदौ ३०, २०८०

काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा गएकाले उनको अनुपस्थितिमा दैनिक कार्यसञ्चालनका लागि उनलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड आजै अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्डले १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ लागेका हुन् । प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कार्यक्रम छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved