लहान । जनता समाजवादी पार्टी (जसपा) ले सिरहामा तीन दिनसम्म मधेस प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गरेको छ।गएको सोमबारदेखि बुधबारसम्म चलेको प्रशिक्षण शिबिरमा पार्टीका अध्यक्ष उपेन्द्र यादव र पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य एवम् मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले प्रशिक्षण दिएका छन्।
![](/uploads/advertise/janata school_1720267096.jpg)
पार्टी अध्यक्ष यादवले वैचारिक, सैद्धान्तिक विषयका साथै नेपालका राजनीतिक दलहरुको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिएका छन्। अर्का प्रशिक्षक पूर्व मुख्यमन्त्री राउतले मधेस जनविद्रोह, चुनौति र प्राप्त उपलब्धीका विषयमा प्रशिक्षण दिएका जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ।
![](/uploads/advertise/jeniksh_1697522121.gif)
मधेस प्रदेश समितिको पार्टी स्कूल तथा प्रशिक्षण विभागको आयोजनामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समितिदेखि स्थानीय तहसम्मका पार्टी सदस्य, जनप्रतिनिधि र भ्रातृसंगठनका प्रतिनिधिसहित एक सय साठी जना सहभागी रहेका जसपाको मधेस प्रदेशका पार्टी स्कूल तथा प्रशिक्षण विभाग प्रमुख रामपृत पासवानले जानकारी दिए।