इटहरी/ पौडेल बंश उत्थान प्रतिष्ठान इटहरीको अध्यक्षमा बेनुप्रसाद पौडेल चयन हुनुभएको छ। शनिबार भएको प्रतिष्ठानको दोश्रो अधिबेशनबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो।

यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा उद्दव पौडेल चयन हुनुभएको छ। यस्तै सचिवमा ज्ञानबहादुर पौडेल र सह–सचिवमा पूर्वीखबरकर्मी त्रिलोचन पौडेल अनि कोषाध्यक्षमा रितेस पौडेल चयन हुनुभएको छ।

समितिको सदस्यहरुमा रमेश पौडेल, डिल्लिराम पौडेल, गोबिन्द पौडेल, शोभित पौडेल, राजेश पौडेल, यामबहादुर पौडेल, अनिता रिमाल पौडेल, जीतबहादुर पौडेल, छत्र(सुवास) पौडेल, सिता पौडेल, युवराज पौडेल र नवराज पौडेल सर्वसम्मत चयन हुनुभएको छ।

सर्वसम्मत अध्यक्ष चयन हुनुभएका बेनु पौडेलले समितिले आगामी दिनमा अझ मजबुद भएर बंश उत्थानका लागि काम गर्ने प्रतिबद्दता जनाउनुभयो।

इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यता एवं नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कोसी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलको बिशेष आतिथ्यतामा कार्यक्रम भएको थियो।

अधिबेशनमा पौडेल बंश महासंघका अध्यक्ष लोकनाथ पौडेलले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभयो। यस्तै महासंघका कोसी प्रदेश प्रमुख बिजय पौडेलले पनि नवगठित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो।

अधिबेशनमा महासंघकी उपाध्यक्ष बालिका पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिमा बिमल पौडेल र रामप्रसाद पौडेल सदस्य हुनुहुन्थ्यो।

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस।