इटहरी/ अनेरास्वबियू सुनसरीले क्याम्पस थियटर सिजन १ अन्तरगत “बहुला काजिको सपना” नाटक प्रदर्शन गर्ने भएको छ। अनेरास्वबियू सुनसरीले फागुन १९ गतेदेखि फागुन ३० सम्म इटहरीमा नाटक प्रदर्शन गर्ने भएको हो।

जनता बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीले निर्देशन एवं अभिनय एवं ब्यवस्थापनमा इटहरी ६स्थित तायारिप्ची भवनमा  नाटक प्रदर्शन गर्न लागेको इटहरीमा आईतबार साँझ पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन्।

बिजय मल्लद्वारा लिखित “बहुला काजिको सपना” गरिव तथा निमुखा बर्गको उत्थान र बर्गसंघर्षको कथा बोकेको नाटकको तयारी मंसिर २४ गतेदेखि शुरु गरिएको पत्रकार सम्मेलनमा बिद्याथीले जानकारी गराएका छन्।

इटहरी ५स्थित तायारिप्ची भवनमा फागुन १९गते दिउसो १ः३० बजे औपचारिक उद्द्दाटन गर्ने कार्यक्रम छ। कलालय इटहरीले नाट्य प्रशिक्षण गरेको कार्यक्रममा नेकपा(एस)का महासचिव घनश्याम भुषालको प्रमुख आतिथ्यता एवं कोसी प्रदेशका पूर्व मुख्यमन्त्री एवं प्रदेश सभा सदस्य राजेन्द्र राईको विशेष आतिथ्यता एवं कोसी प्रदेशका मन्त्री कमल जवेगु र अनेरास्वबियूकी अध्यक्ष आरती लामाको आतिथ्यता रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।

bahula kaji

कार्यक्रमले गतिशिल समतामुलक एवं समृद्द समाजको निर्माण गरि संसारलाई सुखि र सम्पन्न तुल्याउनुपर्छ भन्ने भावना ब्यक्त गर्ने प्रयोगबादी नाटककामार्फत रुपान्तरणका लागी अपिल गर्नु अनेरास्वबीयूको उदेश्य रहेको पत्रकार सम्मेलनमा सुनसरी अध्यक्ष अतितकिरण नेपालले बताउनुभएको छ।