संखुवासभा/ नेपाल खेलकुद महासंघ संखुवासभाको दोश्रो जिल्ला अधिवेशनबाट  सुनिल श्रेष्ठ अध्यक्षमा सर्वसम्मत हुनुभएको छ। श्रेष्ठको अध्यक्षतामा ३५सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो।

संखुवासभाको खाँदबारीमा फागुन १२ गते सम्पन्न भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्ष हुनुभएको हो। कमिटीको उपाध्यक्ष बिजय कटवाल, महिला उपाध्यक्षमा मुना महन्थ रावत, सचिवमा भिम जिमि, उपसचिवमा सुनिल राई र छेन्दुक भोटे कोषाध्यक्षमा हरिबहादुर राई चयन हुनुभएको छ। 

नवगठित कमिटिलाई वधाई तथा शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोसी प्रदेश इञ्चार्ज बिप्लब घोसले खेलकुद क्षेत्रको बिकासको लागि स्थानीय स्तरबाट प्रतिभाको खोजी हुनु पर्नेमा जोड दिनुभयो। उहाँले यो कमिटिले लुकेर रहेका प्रतिभालाई वाहिर ल्याउने विश्वास व्यक्त गर्नुभयो।

जिल्ला खेलकुद महासंघ संखुवासभाका इञ्चार्ज भरत घिमिरेको अध्यक्षतामा भएको दोश्रो अधिवेशनमा नेकपा एमालेका जिल्ला कमिटि अध्यक्ष जितबहादुर घिमिरे, सचिव खड्ग राई, उपसचिव तथा जनबर्गीय संगठन इञ्चार्ज वाङ दाबि भोटे नेपाल खेलकुद महासंघका स्थाई कमिटि सदस्य तथा कोसी प्रदेश सहइञ्चार्ज कमलमणि गौतम, केन्द्रिय सदस्य युगल भुसाल, सिपि पौडेल, केन्द्रीय प्रचार बिभाग सदस्य बिकल पौडेललगायतको सहभागिता थियो।

खेलकुद महासंघ सचिवालय सदस्य महेस्वरा बज्राचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन मोर्चा संगठन प्रमुख दुर्गा निलम श्रेष्ठले गर्नुभएको थियो।

अधिवेशनमा खेलकुद क्षेत्रमा योगदान दिएका ईश्वर घिमिरे, देवेन्द्र घिमिरे, सुमन श्रेष्ठ र मुकुन्द श्रेष्ठ र लक्ष्मण लिङथेपलाई सम्मान गरिएको छ।