हरिनगर/ सुनसरीको हरिनगर गाउँपालिका २रामनगरभुटाहामा बिकासको नाममा सर्वसाधारण माथि ज्यादती भएको स्थानीय एक ब्यक्तिले गुनासो गरेका छन्। बिकासमा एकरुपता र समान व्यवहार नभएको स्थानीय सज्जाद अन्सारीले गुनासो गरेका हुन्।

अन्सारीले बिकास गर्दा एकरुपता र समान व्यवहार गर्नुपर्ने, नापी नक्सा अनुसारको काम गर्नुपर्नेमा अनधिकृत रुपमा मनपर्नेको घरको छेउमा बांगों र मन नपर्नेको घरमै सडक, नाला पसाएर स्थानीय सरकार र ठेक्केदारले सर्वसाधारण माथि ज्यादती गरेको भन्दै गुनासो गरेका हुन्।

harinagar 3

आईतबार सुनसरीमा कृयाशिल केहि सञ्चारकर्मी बोलाएर अन्सारीले निर्माणाधिन सडक देखाउँदै बाटोको नक्सामा भएको भन्दा फरक ठाउँमा नाला बनाउने र बिकासको नाममा बाटो छेउमा भएका सर्वसाधारणको घरमा आस्था र पहुँचको आधारमा डोजर लगाउने वा बाटो नै बांगों बनाउने गरि ज्यादती भएको गुनासो गरेका हुन्।

हरिनगर २ रामनगर भुटाहाकी मेहबुल खातुनको नाममा रहेको जग्गामा सहमतिमा बाटोका लागि केही फिट जग्गा दिएपनि त्यसमा जबरजस्ती गरेको र रेखदेख गर्ने बताउने स्थानीय दाउद अन्सारीले केही सर्वसाधारण माथि धाकधम्की दिँदै घर जोगाउने हो भने रकम दिनुपर्ने भन्दै बार्गेनिङ्ग गरेको स्थानीयको गुनासो सार्वजनिक भएको छ।harinagar 1

सडक पिडित सज्जादले आफ्नो घरको उत्तर तर्फ खाली जग्गा र बाटो भएपनि आफ्नो घरमा नाला छिराएको दावी गरेका छन्। रामनगरभुटाहाका दाउदले घर बचाउने भए दुई लाख रुपैँया माग गरिएको र नदिने भएपछि घरमा डोजर लगाउने धम्की दिएको सज्जादले आरोप लगाएका छन्। 

सज्जादले घर आफ्नै जग्गामा रहेपनि पैसा नदिएकाले सात फिट नाला घरभित्रै छिराउने प्रयास गरेको दावी गरेका छन्। आरोपित दाउद अञ्सारीले भने मामा भाञ्जा साईनो भएकाले केही कुरा भएको तर रकम माग्ने र धम्की दिने काम नगरेको प्रतिकृया दिएका छन्।harinagar 2

यसैबीच हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अंसारीले मेहबुल खातुनको नाममा रहेको जग्गा १४ धुर मात्रै रहेको तर बाटो मिचेर संरचना बनाएकाले हटाउन खोजेको प्रतिकृया दिएका छन्। पहिला सहमतीमा बाटोका लागि केहि फिट दुवैतर्फ दिने भएकोमा पछि जग्गाबालाहरुको कुरा नमिलेपछि नियमानुसार गरेको समेत दावि गरेका छन्।