इटहरी/ इटहरीमा जारी जुत्ता चप्पल व्यापार महोत्सवमा ग्राहकको आकर्षण बढेको छ। सस्तो मुल्यमा जुत्ता चप्पल पाएपछि महोत्सवमा ग्राहकको भिड बढेका हो।

सुनसरीको रामधुनीबाट महोत्सवमा आएकी लक्ष्मी चौधरीले बजारमा भन्दा सस्तो मुल्यमा जुत्ता किन्न पाएको बताउनुभयो। उहाँका अनुसार बजारमा रहेको पसलमा भन्दा महोत्सवमा जुत्ता चप्पल सस्तो पाइएको छ। बाहिर भन्दा आधा सस्तो लाग्यो। उहाँले सुनाउनुभयो कस्तो रहेछ भनेर हेर्न आएको एकै स्थानमा धेरै खाले जुत्ता चप्पल पनि पाएँ । दाम पनि सस्तो रहेछ। इटहरीकी शर्मिला थापाले महोत्सवमा २ हजार रुपैयाँ पर्ने जुत्ता १ हजारमै पाएको बताउनुभयो। यस्ता मेला महोत्सवले हामी जस्ता ग्राहकको पैसा बचत गरेको छ। उहाँले सुनाउनुभयो, ‘पैसा पनि जोगियो समय पनि । महोत्सवमा विभिन्न ब्रान्डका जुत्ता चप्पल एकै स्थानमा भेटियो। छान्न चार तिर कुद्न पर्दथ्यो। महोत्सवमा एकै ठाउँमा पाइयो।’ समय र पैसा दुवै बचत भएको थापाले बताउनुभयो। 

इटहरी जुत्ता चप्पल महोत्सवमा ३ हजार मोडेलका जुत्ता चप्पल राखिएको  आयोजक समितिका संयोजक होमनाथ उपाध्यायले बताउनुभयो। उहाँले जुत्ता चप्पल व्यापार महोत्सवमा फष्ट वाल्क, बीएफ डियर हिल सुज, क्रस रोड, रोयल सुज र डिजे सुजका विभिन्न ब्रान्डहरू राखिएको बताउनुभयो। बच्चा,महिला,युवा युवती र ज्येष्ठ नागरिकलाई हुने खाले जुत्ता चप्पल राखिएको  भन्दै उपाध्यायले भन्नुभयो, यहाँ आएपछि जुत्ता चप्पल छान्न अन्त जानु पर्दैन।

उहाँले यसअघि काठमाडौँ, पोखरा,बुटवल,विराटनगर,बिर्तामोडमा महोत्सव आयोजना भईरहेको भन्दै उपाध्यायले पहिलो पटक इटहरीमा यस्तो खालको महोत्सव गरिएको जानकारी दिनुभयो।

फागुन ११ गते देखि शुरु भएको मेलामा उत्पादक र उपभोक्ता बीच सिधा सम्बन्ध स्थापित गरी बजार प्रवद्र्धन गर्नको लागि मेला आयोजना गरिएको उहाँको भनाई छ।

स्वदेशी उत्पादनलाई उपभोक्तासम्म पु¥याउन यसको बजारीकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ इटहरी जुत्ता चप्पल मेला आयोजना गरिएको आयोजकको दाबी छ। 

नेपाली जुत्ता चप्पलको बजारीकरण साथै प्रवद्र्धनमा जोड दिँदै नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरूका विभिन्न ब्रान्डका जुत्ता चप्पल विक्री गर्ने गरी मेला सञ्चालन गरिएको फुटवेर मेनिफ्याक्चरीङ्ग एशोसिएसनका पूर्व अध्यक्ष नानीराज घिमिरेले बताउनुभयो।

उहाँले नेपाली उत्पादनका जुत्ता चप्पलहरूलाई प्रवद्र्धन गर्न मेलाको आयोजना गरिएको र नेपाली जुत्ताले नेपालका उपभोक्ताहरूलाई पुरा गर्न सक्ने अवस्था गरेको साथै नेपाली जुत्ता निर्यात समेत हुने गरेका बताउनुभयो।