विराटनगर / साहित्यकार प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका सुवेदीको बुधबार (आज) बिहान ३ बजे निधन भएको हो ।

क्यान्सर रोगबाट प्रताडित सुवेदीको विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बूढीगंगा मोरङमा उपचारको क्रममा निधन भएको हो ।

सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय थिए ।

पूर्वाञ्चल विश्वविद्यालयमा१२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका उनका मौलिक कृति एक दर्जन, सम्पादित कृति १५० बढी रहेका छन् ।

उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार नै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती छन् ।