इटहरी/ इटहरी २ निवासी सामाजिक ब्यक्तित्ब बीरबहादुर लिम्बुको निधन भएको छ।लिम्बुको हर्ट अट्याकका कारण बुधबार दिउसो निधन भएको हो।

तालतलैया बिकास समितिमा दुई कार्यकाल अध्यक्ष रहनुभएका  लिम्बुको उपचारका क्रममा मोरङ्गको बुढिगंगा गाउँपालिकास्थित बिराट टिचिङ्ग हस्पिटलमा निधन भएको इटहरी २ का वडाध्यक्ष माधव कोईरालाले जानकारी दिनुभयो।

यसअघि पनि इटहरी खानेपानीको परिषद सदस्य रहनुभएका  लिम्बु केहि दिन अघि भएको इटहरी खानेपानीको निर्वाचनमा पनि परिषद सदस्य निर्वाचित हुनुभएको थियो।

नेकपा एमाले सुनसरी जिल्ला कमिटि सदस्य रहनुभएका  लिम्बुका श्रीमती १छोरा र १ छोरी हुनुहुन्छ।

-(असावधानीबस यसअघि मृतक लिम्बुको थर अन्यथा पर्न गएकोमा सच्याईएको छ-सम्पादक)