भोजपुर / भोजपुरको चखेवा भञ्ज्याङमा नयाँ वर्षको अवसरमा आयोजना गरिएको ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव सुरू भएको छ । 

चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा कृषि, पर्यटन र संस्कृति महोत्सव सुरु भएको छ ।

महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको बृतचित्र, स्थानीय कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरू , कविता प्रतियोगिता , बाघखोरबाट चखेवासम्म मुन्दुम ट्रल रेस, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति रहने भएको छ  ।

महोत्सवले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सांसद विनोद वान्तावाले बताए । गाउँपालिकालाई   पर्यटन क्षेत्रमा सहयोग गर्ने सांसद वान्तावाले बताए । 

मुन्धुम पदमार्गलाई पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनलाई जोड दिएर टेम्केमैयुङलाई पर्यटकीय क्षेत्र बनाउन कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । 

गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्दै जाने गाउँपालिकाका उपाध्यक्ष रमादेवि राईले बताइन्  । टेम्केमैयुङ गाउँपालिका प्राकृतिकरुपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्  । 

महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको सँस्कार सँस्कृतिसँगै झाँकी प्रर्दशन टेम्केमैयुङको पर्यटनमा प्रवर्द्धन समितिका अध्यक्ष आई कुमार राईले बताए । महोत्सवमा जैविक ( अर्गानिक) खानाका परिकार तथा प्रर्दशनी रहेको छ ।

उद्घाटन कार्यक्रममा पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई , साल्पासिलिछो गाउँपालिका अध्यक्ष दौलथ कुलुङ ,साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ,मुन्धुम पदमार्गका अभियान्ता हरि बहादुर राई ,टेम्केमैयुङका ९ वटै वडाका वडा अध्यक्ष ,समाजसेवी ,बुद्धिजीवी विभिन्न राजनीतिक दलका प्रतिनिधि , स्थानीय लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।

गाउँपालिकाको १० लाख र आयोजक पक्षको तीन लाख गरी करिव १३ लाखको लागतमा महोत्सव हुन लागेको हो । करिव ५० हजारले महोत्सवको प्रत्यक्ष अप्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी रहेको छ । 

टेम्केमैयुङ गाउँपालिकाले‘कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधार टेम्केमैयुङ विकासको आधार” भन्ने मुल नाराका साथ यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको छ ।

महोत्सवस्थल चखेवा धरानबाट ७ घण्टामा (१९२ किमी) पार गरेर पुग्न सकिन्छ । त्यस्तै काठमाडौंबाट करिब १० घन्टा (३०० किमी) दूरीमा छ ।