काठमाडौं / नेकपाको ७५औं स्थापना दिवसको अवसरमार सत्तारुढ दल नेकपा एमालेले हीरक महोत्सवको आयोजना गरेको छ । गोदावरीस्थित सनराईज हलमा आयोजित कार्यक्रममा देशका सबै राजीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् ।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, डा बाबुराम भट्टराई उपस्थित थिए ।

महोत्सवमा अहिले नेकपा स्थापनादेखि अहिलेसम्मको पार्टीको घटनाक्रम, ऐतिहासिक पृष्ठभूमि जोडिएको वृत्तचित्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव,नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम उपस्थित भएका छन् ।

कार्यक्रममा पूर्व राष्ट्रपति तथा एकाले पूर्व उपाध्यक्षसमेत रहेकी विद्यादेवी भण्डारी गणतन्त्र गौरवबाट सम्मानीत भईन् । उनलाई एमाले अध्यक्ष ओलीसहित सबै दलका शीर्ष नेताले सम्मान प्रदान गरेका थिए ।

एमालेको हीरक महोत्सवमा प्रमुख प्रतिपक्षी दल नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई एमालेले विशेष महत्व दिएको छ । एमालेले ओलीका अनन्य मित्रभन्दै देउवालाई पटक-पटक उच्च सम्मान व्यक्त गरेको थियो ।

कार्यक्रमको उद्घाषण गरेका महासचिव शंकर पोखरेलले सम्बोधनका क्रममै ‘हाम्रो पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीका अन्नय मित्र, जेलका सारथी, आदरणीय नेता’ भन्दै सम्बोधन गरेका थिए ।

त्यसो, त कार्यक्रमको समारोहसत्रमा बोलेका अध्यष ओलीले पनि सुरुवातमै ‘मेरा अनन्य मित्र,पुराना मित्र तर, घरीघरी अलि बढी जोशिनु हुन्छ’ भन्दै सम्बोधन गरेका थिए ।

मेरा मित्र भन्दै सम्बोधन गरेका ओलीले सम्बोधनको अन्तिममा पनि देउवालाई उच्च महत्व दिए । ‘मेरा अत्यन्तै आदरणीय मित्र शेरबहादुर देउवाजी, विपक्षी दलका नेता । पूर्वप्रधानमन्त्री । 

पछिल्ला दिनहरुमा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन भत्काएपछि कांग्रेस माओवादी केनद्रसँग रुष्ट छ । माओवादीसँग रुष्ट बनेको कांग्रेस एमालेसँग सहकार्यका लागि आतुर देखिएको छ । अझ कांग्रेसका त सबै शीर्ष नेताहरुले सार्वजनिक रुपमै मिलेर अगाढि बढ्न एमालेलाई आह्वान गर्दै आएका छन् ।

एमालेले हालसम्म कांग्रेससँग मिल्नेबारे कुनै प्रष्ट धारणा सार्वजनिक गरेको छैन् । तथापी एमालेका दोस्रो तहका केही नेताहरु कांग्रेससँग निरन्तर सम्वादमा रहेका छन् । जसको पुष्टि आजको हीरक महोत्सवमा दुई दलबीच देखिएको हार्दिकताले पनि पुष्ट गर्छ ।