इटहरी/  इलाम २ मा नेकपा एमालेका सुहाङ्ग नेम्बाङ्ग निर्वाचित हुनुभएको छ। नेम्बाङ्गले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो।

नेम्बाङ्गका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ।

खड्काले पाएको मत सुहाङले पाएको मत भन्दा ५ हजार ८ सय ३० कम हो।