विराटनगर / कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको परिसरमा नव निर्मित वाधापारको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले समुदघाटन गर्नु भएको छ । आज बिहान तालिम केन्द्र परिरमा भएको एक कार्यक्रमका विच प्रदेश प्रहरी प्रमुख खापुङले नव निर्मित वाधापारको समुदघाटन गर्नुका साथै वाधापारको निरीक्षण तथा प्रहरी कर्मचारीहरुद्वारा गरिएका वाधापारको नमुना प्रदर्शनीको समेत अवलोकन गर्नु भएको थियो । 

वाधापारको निरीक्षण अवलोकन पश्चात कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रदेश प्रहरी प्रमुख खापुङले स्थापनाकाल देखिनै दक्ष प्रहरी जनशक्ति उत्पादन गर्दै आएको यस प्रहरी तालिम केन्द्रले प्रशिक्षण पद्दतिलाई समयानुकुल व्यवस्थित र  बैज्ञानिक ढंगबाट प्रशिक्षण  प्रदान गर्नमा नव निर्मित वाधापारले थप टेवा पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।

उहाहाँले वाधपार अभ्यास तालिमा सहभागी प्रहरी कर्मचारीलाई मात्र नभई सम्पुर्ण प्रहरी कर्मचारीहरु समेतले उक्त अभ्यास दैनिकरुपमा गर्नु पर्ने बताउनु भयो । तालिम केन्द्रेको आफ्नै आन्तरिक सिमित स्रोत साधन र जनशक्तिबाट बाधापार निर्माण गर्न उल्लेख्य योगदान पुर्‍याउनु हुने समादेशक लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई विशेष धन्यवाद समेत ब्यक्त गर्नु भयो । 

उक्त कार्यक्रममा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले प्रमुख अतिथि लगायत कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुका साथै नेपाल प्रहरीको वाधापार अभ्यास सम्वन्धि मापदण्ड २०७८ र नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ अनुसार वाधापार निर्माण गरिएको बताउनु भयो । साथै वाहाँले बाधापार अभ्यासले प्रहरी कर्मचारीहरुको शारिरिक र मानसिक स्वास्थ्य सुदृढ हुनुका साथै कार्य क्षमता अभिबृद्धि भई प्रहरीको कार्य सम्पादनमा प्रभावकारीता आउने वताउनु भयो । 

उक्त कार्यक्रममा प्रमुख अतिथि खापुङले वाधापार संरचना निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्‍याउनु हुने प्रहरी कर्मचारीहरुलाई प्रशंसा पत्रले सम्मान गर्नु भएको थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।1714552353400