मोरङ / पौडेल वंश महासङ्घ नेपाल कोसी प्रदेश समितिको दोस्रो प्रदेशको अध्यक्षमा  राजेन्द्रप्रसाद पौडेल सर्वसम्मतले चयन भएका छन् ।

पौडेल वंश महासङ्घ नेपाल कोसी प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्षमा धनकुटाका राजेन्द्रप्रसाद पौडेलको नेतृत्व १३ जनाको कार्यसमिति भनेको छ । 

समितिको दोस्रो प्रदेश अधिवेशनबाट धनकुटाबा राजेन्द्रप्रसाद पौडेल अध्यक्ष, झापाका तेजबहादुर पौडेल उपाध्यक्ष, मोरङका मेघराज पौडेल सचिव, उदयपुरका घनश्याम पौडेल सह-सचिव, सुनसरीका ज्ञानप्रसाद पौडेल कोषाध्यक्षमा सर्वसम्मतले चयन भएका छन् ।

त्यसैगरी सदस्यमा भोजपुरका ज्योति पौडेल, संखुवासभाका दुर्गेश पौडेल, तेह्रथुमका घनश्याम पौडेल, खोटाङका पवन पौडेल, ओखलढुंगाका छत्रबहादुर पौडेल, पाँचथरका विष्णुलाल पौडेल, इलामका डिकबहादुर पौडेल र ताप्लेजुङका मानबहादुर पौडेल नयाँ कार्यसमितिमा चयन भएका छन् ।

शपग ग्रहण लिदै गर्दा नयाँ नेतृत्वले पौडेल वंशको हक हितका काममा लाग्ने वर्तमान अध्यक्ष राजेन्द्रप्रसाद पौडेलले बताए । 

पौडेल वंश महासङ्घ नेपाल कोसी प्रदेश समितिको दोस्रो प्रदेशका निवर्तमान अध्यक्ष विजय पौडेलको अध्यक्षता तथा पौडेल वंश महासङ्घ नेपालका अध्यक्ष हरिराम पौडेलको प्रमुख अतिथिमा अधिवेशन गरिएको थियो। 

अधिवेशनमा ९ जना जेष्ठ नागरिक र नेपाल चलचित्र महासंघ कोशी प्रदेश मुल कार्य समिति सदस्य,नेपाल चलचित्र कलाकार महासंङ केन्द्रीय सदस्य रितेश जंग पाैडेल र पुर्व नेपाली कृक्रेट राष्ट्रिय टिम म्यानेजर तथा सुनसरी कृक्रेट संघका अध्यक्ष चेतनाथ पौडेललाई सम्मान गरिएको थियोे ।

कार्यक्रमका विशिष्ट अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमख केदार प्रसाद गुरागाईले संस्थाको विकासमा हातमा हात मिलाउदै जाने बताउनुभयो। संस्थालाई नगरपालिकाले सहयोग गर्ने समेत उहाँको पप्रतिवद्धता भनाई राख्नुभएको थियो। अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिहरुको  उपस्थिति थियो । 

IMG_20240504_124506