इटहरी /  बैशाख २१ गते देखि देशैभरका हलमा चलेको मनसरा फिल्म दर्शकले मन पराएका छन् ।

दिनउ जसो दर्शक मनसरा फिल्म हेर्न हल हल देखिन्छ । देशैभर मात्र नभएर कोशी प्रदेश हल हलमा यति यो फिल्म चलेको छ । समय समय पुग्ने दर्शकले सिट बरेकै देखिन्छ ।  

सोसल-ड्रामामा आधारित कथावस्तुमा सामाजिक समस्यामा पनि लैङ्गिक विभेदलाई हेर्ने नेपाली दृष्टिकोणलाई निर्देशकले उक्त चलचित्रमा सरल रूपमा बलियो गरी उठाएका छन् । 

पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई निर्देशक सुब्बाले कथावस्तुको मियोको रूपमा बलियो गरी प्रस्तुत गरेका छन् ।

फिल्मले दयाहाङ, मिरुना, प्रवीण र उनको श्रीमतीको भूमिका निर्वाह गरेकी मेनुकाको सम्बन्धलाई सामाजिक, जातीय र मनोवैज्ञानिक पक्षबाट देखाइएको छ । 

महिलालाई मुख्यतः सन्तान उत्पादन गर्ने वस्तुको रूपमा हेरिने नेपाली समाजमा बाँझोपनको समस्याका कारण उसले परिवार र समाजबाट भोग्नुपर्ने हेपाइ र सामना गर्नुपर्ने अनेक सामाजिक मनोवैज्ञानिक चुनौतीलाई कथामा सशक्त रूपमा देखाइएको छ ।  

कथाले महिला र पुरुष दुवैमा समान गुण र दोष हुने भए पनि पुरुषमा हुने बाँझोपन र दोषको भागीदार समेत महिला बन्नुपर्ने सामाजिक यथार्थलाई समेत प्रस्तुत गरेको छ । प्रिमियर शो हेरेपछि गायक  सत्यराज आचार्यले प्रतिक्रिया दिँदै भने, ‘सन्तान उत्पादन गर्न नसक्ने कारणको दोषी सधैँ महिला मात्रै हुँदैनन् ।

पुरुष पनि त्यसमा दोषी हुन्छ । महिलामा मात्रै बाँझोपन हुँदैन त्यो पुरुषमा पनि हुन्छ भन्ने जुन गहिरो सन्देश फिल्मले दिएको छ । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् भने सत्यराज आचार्य, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईलगायतले पनि अभिनय गहेको छ ।

स्टारकास्ट रहेको चलचित्र तथा कबड्डीको ब्राण्डका कारण पनि चलचित्रले दर्शकलाई सिनेमा हलसमम तान्ने अनुमान गरिएको छ । ट्रेलरले बनाएको हाइपले पनि यो चलचित्र प्रतिक्षित बनेको छ ।

चलचित्रका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् भने चलचित्रका छायांकार पनि कार्की नै हुन् । यो चलचित्रले अन्तरजातीय सम्बन्धको आयाम तथा नि सन्तान दम्पतीहरुको मनोदशालाई मुख्य विषयवस्तु बनाएको छ । चलचित्रको प्रीमियर शोमा चलचित्र हेर्ने अधिकांशले प्रसंशा छन् । 

चलचित्रमा विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सहनिर्माता छन्  ।निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ ।