इटहरी \ इटहरीमा रहेको आकाश इन्स्टिच्युटले माया घर नेपालमा खाद्यन्न तथा लत्ता कपडा वितरण गरेको छ ।

एक कार्यक्रका बिच  इन्स्टिच्युटले चामल ,तेल, दाल लगायत खाद्यन्न तथा २५ थान टिसर्ट वितरण गरेको छ ।साथै नगद रु ५ हजार समेत सहयोग गरेको छ । नेपाल तथा विदेशमा रहेर  उच्च शिक्षा हासिल गर्न चाहने बिद्यार्थीहरुलाई  विगत सत्र बर्ष देखि शैक्षिक परामर्श  दिदै  आएको सो संस्थाले यसरी सामजिक कार्यक्रममा समेत सहभागिता जनाउदा थप सामजिक  जिम्मेवारी महसुस भएको  संस्थाका सन्चालक गोपाल निरौलाले बताउनुभयो ।

इन्स्टिच्युटले सामजिक कार्यक्रममा समेत सहभागिता जनाउँदा थप सामजिक जिम्मेवारी महसुस भएको इन्स्टिच्युटका सन्चालक गोपाल निरौलाले जानकारी दिनुभयो ।

इन्स्टिच्युटले समय समयमा यस्ता कार्यक्रम गर्दे समस्यामा परेका बिधार्थी लगायत व्यक्तिहरुको सहयोग समेत गर्ने गरेको छ । उक्त कार्यक्रममा सोही सस्थाका अन्य सदस्यहरुको समेत सहभागिता रहेको थियो।