इटहरी | इटहरीको समता स्कुल स्कुल क्याप्टेन, कक्षा क्याप्टेन, सदन क्याप्टेन लगायतका नेतृत्व चयन गर्नका चुनाव भएको छ ।

नर्सरी देखि कक्षा १० सम्मै समान तथा न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता स्कुल इटहरीमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिकसत्र २०८१ का लागि स्कुल क्याप्टेन, कक्षा क्याप्टेन, सदन क्याप्टेन लगायतका नेतृत्व चयन गर्नका लागि चुनाव गरिएको छ । नेपालको लोकतान्त्रिक प्रणालीमा आधारित भआफ्नो बहुमुल्य मतको सदुपयोग गरि विद्यार्थी परिषद सदस्य चुनावमा उत्साहजनक सहभागिता जनाए ।

बिगत ३ बर्ष देखि समता इटहरीका विद्यार्थीहरु निरन्तर रुपमा हरेक शैक्षिकसत्रको सुरुमै परियोजनात्मक कार्यलाई जोड्दै यसरीनै चुनावमा सहभागी भै परिषदका सदस्यहरु चयन गरि बर्षभरी विविध कार्यक्रम समेत संचालन गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठले बताए ।

शुक्रबार सम्पन्न मतगणना अनुसार स्कुल क्याप्टेनमा कक्षा १० कि सिवानी लम्साल, स्कुल उप कप्तानमा कक्षा १० कै साजन राई, हाउस क्याप्टेनमा Thunder House का लागि कक्षा ८ का धुरुब कुमार अगरिया, Dreamers House लागि  कक्षा १० का जुनसन राई, Discovery House का लागि कक्षा १० कि रितिका खड्का तथा Infinty House का लागि कक्षा १० का अभिषेक खतिवडा र कक्षा ३ देखि कक्षा १० सम्म प्रत्येक कक्षाका लागि क्याप्टेन तथा उप क्याप्टेन निर्वाचित भएका छन। निर्वाचित सदस्यहरुले अर्को साता एक कार्यक्रम आयोजना गरि पद तथा गोपनियताको सपथ लिए पछि आ-आफ्नो भुमिका निर्वाह गर्नेछन् ।

विद्यार्थीहरुलाई किताबको ज्ञान सँगै परियोजना कार्यक्रम मार्फत चौतर्फी रुपले अघि बढाउनका लागि यी र यस्ता कार्यक्रमलाई बार्षिक कार्यतालिकामा समावेश गरि संचालन गर्दै आइएको छ। 

विभिन्न सांस्कृतिक कार्यक्रम , गायन शिक्षा र खेलकुद, नेतृत्व विकास गर्न र व्यवहारीक ज्ञान दिने लगायतमा पनि विद्यालयले विद्यार्थीहरुलाई दक्ष बनाउदै आइरहेको छ ।