नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सुनसरीले आइतबार शिक्षक संघ सुनसरीको इनरुवा स्थित सभाहलमा नव प्रवेशी शिक्षकहरुलाई सम्मान गर्दै आफ्नो ३५ औँ स्थापना दिवस भब्यताका साथ मनाएको हो ।

1715527422919

स्थापना दिवसको अवसर पारेर अन्य संगठनहरु बाट शिक्षक संघमा प्रवेश गर्ने शिक्षकहरु र भर्खरै मात्र शिक्षक सेवा आयोगको परिक्षा उत्तीर्ण गरि स्थायी नियुक्ति लिएर सुनसरीलाई कार्यक्षेत्र बनाएका शिक्षकहरुलाई सम्मान गरेको संघका सचिव रोबनराज कार्कीले जानकारी दिनुभयो ।

1715527422929

उक्त कार्यक्रममा बोल्दै इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले शिक्षकहरुको तालीमका लागि स्थानीय तहहरुले बजेट छुट्याउनु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पूर्व सांसद राजिव कोइरालाले शिक्षक संघ र शिक्षकहरुको योगदानको बारेमा चर्चा गर्नु भयो ।

1715527422941

शिक्षक संघ सुनसरीका अध्यक्ष वेणु प्रसाद सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा दामोदर दाहाल, ज्योति कोइराला, सुरेश चौधरी, इन्दिरा कटुवाल, चण्डिका निरौला, गोकुल गुरागाई, इन्द्रमोहन झा, भिम भट्टराई,  सिर्जना बस्नेत, रुपेश भट्टराई लागयतका शिक्षक नेताहरुको उपस्तिथि रहेको थियो । पछिल्लो समय धेरै शिक्षकको रोजाइमा शिक्षक संघ रहेको र अन्य संघ संगठनबाट समेत शिक्षक संघमा शिक्षकहरु प्रवेश गर्ने गरेको पाइएको छ ।