सुनसरी / नेकपा एमाले सुनसरीको आठौं अधिवेशनलाई लक्षित गरेर  इटहरीमा रक्तदान कार्यक्रम गरिएको थियोे ।  उक्त रक्तदान कार्यक्रममा ९० पिन्ट रगत संकलन भएको अधिवेशन आयोजक कमिटीको स्वास्थ्य उपसमितीका संयोजक सुबास पौडेलले बताए ।

उनकै अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवाहरुले रक्तदान गरेका थिए । नेकपा एमाले सुनसरी जिल्ला कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रम पार्टीको इटहरी नगर कमिटीले व्यवस्थापन गरेको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको सहकार्यमा संचालन भएको रक्तदान कार्यक्रममा संकलित रगत धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ब्लड बैंकमा जम्मा गरिएको कार्यक्रमका अध्यक्ष पौडेलले जानकारी दिए ।

आज एमाले सुनसरीको आठौ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम पार्टी उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ईश्वर पोख्रेलले  गर्ने एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीले वताएका छन् ।