काठमाण्डौ/ सहकारी ठगी प्रकरण छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तय गर्न गठित कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक अहिले बिहान ९ बजेदेखि कानून मन्त्रालयमा बस्न लागेको हो । 

कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् । यस अघि पनि पटक पटक कार्यदलको बैठक बसेको भएपनि संसदीय छनबिन समितिको कार्यदेशमा सहमति हुन सकेको छैन । 

कार्यदेशमा सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा प्रमुख विवाद छ। 

सोमबारको संसद बैठकपछि सत्ता पक्ष र प्रतिपक्षबीच ध्रुविकरण अझ बढेकाले कार्यादेशमा सहमति हुने सम्भावना कम देखिएको छ।

-न्युज कारखाना