इटहरी / इटहरीमा रहेको द योङ्ग ब्रदर्श क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा ९० पिन्ट रगत संकलन भएको छ ।

बुधबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित  रक्तदान कार्यक्रममा ९० पिन्ट रगत संकलन भएको छ । इटहरीका प्रतिष्ठित व्यक्तिहरू, प्राध्यापकहरू, सामाजिक व्यक्तिहरू, विद्यार्थीहरू साथै स्थानीय सामाजिक युवाहरूले रगत दिएको क्लबका अध्यक्ष विजय लिम्बूले बताए । उनका अनुसार क्लबले बर्सेनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । 

पछिल्लो समय रगतको चरम अभाव भइरहेको कुरालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ । क्लबमा आबद्ध सक्रिय युवाहरूको उर्जा र योगदानका कारण समाजले सकारात्मक दिशा निर्देश गर्ने कार्यक्रमका प्रमुख अतिथि इटहरीको एक्स्पर्ट एजुशेकनका प्रबन्ध निर्देशक कमल तिम्सिनाले बताए ।

क्लबका संरक्षक विकास केसीका अनुसार क्लबले यसअघि रक्तदानसँगै, सरसफाई, फुटबल प्रतियोगितासँगै समाज सुधार अभियानसमेत सञ्चालन गर्दै आएको छ । उनका अनुसार क्लबले गर्दै आएका कार्यक्रमको आयव्ययसमेत पारदर्शीता देखाउँदै आएको छ ।

‘युवाहरूलाई खेलकुदसँगै समाजको विकास र मानवतासँग पनि जोड्नका लागि यो कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘क्बबले इटहरी क्षेत्रका विभिन्न ठाउँमा सकारात्मक कार्यक्रमको आयोजना गर्दा युवाहरूमा समाज सुधारको नयाँ सन्देश प्रवाह भएको छ ।’

युवाहरूलाई जोड्दै सामाजिक काम गर्नका निम्ति क्लबले सकारात्मक काम गरिरहेको उनको भनाइ छ ।