सुनसरी / नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा वृहत पार्टी प्रवेश कार्यक्रममा दुहबीका ४० जना बढीले पार्टी प्रवेश गरेका छन् ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपी शर्मा ओली तथा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा महिला बालबालिका,  ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेकपा एमालेका केन्द्रीय सचिव कोशी प्रदेश इन्चार्ज एंव नेपाल सरकारका उप-प्रधानमन्त्री  तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर माहसेठ लगाएत एमालेका प्रतिनिधिहरूले ४० जना बढीलाई प्रवेश गराएका थिए । 

नेपाली काङ्ग्रेस , नेकपा माओवादी , जनता समाजवादी पार्टी , नेकपा एकिकृत लगाएत पार्टी परित्याग गरी प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले नयाँ प्रतिनिधिहरूले नयाँ एजेन्डा लिएर सत्यको पक्षमा रहेर जनताको हकहितमा लाग्न सुझाव दिनुभयो ।  एकआपसमा जोडिएर यसले व्यवसायले पनि सहयोग पुग्ने उहाँको भनाइ थियो । नेकपा एमालेले सुशासनको काम गर्ने बताउनुभयो ।

विभिन्न पार्टी परित्याग गरि आएका  प्रतिनिधिले जनताको हकहितमा काम गर्ने छन् र लोकतन्त्र र गणतन्त्रको लागि लड्ने नेपाल कम्युनिष्ट पार्टी एमाले नगर कमिटी दुहबीका अध्यक्ष बाबुराम बजगाईले बताउनुभयो ।

जसन पार्टीमा लोकतन्त्र र गणतन्त्रको स्थापना हुदैन त्यो पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेको पार्टी प्रवेशका कार्यकर्ताले बताएका छन् ।