काठमाण्डौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। आइतबार बिहान प्रधानमन्त्री दाहाल सभापति देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री दाहालले कांग्रेसले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदमा अवरोध गरिरहेको र संसदीय छानबिन समितिको कार्यादेशको विषयमा जारी विवाद बारे छलफल गर्ने बताइएको छ ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था रहेको र अहिलेसम्म सरकारको नीति तथा कार्यक्रम समेत पारित हुन नसकेको अवस्थामा प्रधानमन्त्री दाहालले कांग्रेसलाई विश्वासमा लिन देउवा निवास पुगेको बुझिएको छ।