इटहरी/ सुनसरीको इटहरीका व्यावसायी तथा समाजसेवी प्रदिप कुमार सन्थलियाले नेपाल प्रहरीलाई चारवटा विधुतिय टेम्पु प्रदान गर्नुभएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा एक कार्यक्रमका बीच सन्थलियाले टेम्पु हस्तान्तरण गर्नुभएको हो।

इटहरीस्थित पूर्वलाईनमा अटो सिटी (बजाज सोरुम) सञ्चालन गर्नुभएका सन्थलियाले ति टेम्पुहरुको साँचो कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक चन्द्र कुवेर खापुङ्गलाई आईतबार हन्तारन्तरण गर्नुभयो।

कोसी प्रदेशमा सुरक्षाकर्मीहरुले सवारीको समस्या भोगिरहेको बेला यी टेम्पुले थोरै भएपनी राहत प्रदान गरिएको डिआईजी खापुङ्गले बताउनुभयो । डिआईजी खापुङ्गले एक थान टेम्पु नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक  व्यवस्थापन कार्यालय इटहरीमा रहने र अन्य टेम्पुहरु आवश्यकत्ता अनुसार पुर्वी नेपालका बिभिन्न प्रहरी कार्यालयमा पठाइने बताउनुभयो।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृतलगायत ट्राफिक प्रहरीहरुको उपस्थिति थियो।

सन्थलियाले २०७८ असोज र २०७९ भाद्रमा पनि चालकसहित ९जनाको सिट क्षमता भएको दुईवटा बिद्युतिय टेम्पो प्रहरी नायव महानिरीक्षक सुदिप गिरी र अरुण बिसीलाई हस्तान्तरण गर्नुभएको थियो भने एउटा मोटरसाईकल पनि प्रदान गरिसक्नुभएको छ।