इटहरी / केही दिन यता गर्मी अत्यधिक बढे पछि  इटहरी उपमहानगरपालिकाले शिक्षण संस्थाहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। गर्मीले जनजीवन नै अस्तव्यस्त हुन थाले पछि बिदा दिएको हो ।

बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै इटहरी उपमहानगरपालिकाले जेठ उपमहानगरपालिकाले भोली र पर्सी सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको हो 

अत्यधिक गर्मीले यस क्षेत्रको जनजीवन कष्टकर बनेको भन्दै बिदा दिएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । बालबालिकाहरु समस्यामा परेको कारण बिदा दिएको प्रमुख पौडेलले बताउनुभयो ।

received_1207061084038462