इटहरी/ ट्राफिक व्यवस्थापनलाई प्रभावकारी एवं व्यवस्थित बनाउन तथा दुर्घटना न्यूनिकरण गर्न देखा परेका समस्या, चुनौती र समाधानका बिषयमा छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको सभाहलमा कार्यक्रम गरिएको हो।traffice 3अन्तरकृयामा झापा, मोरङ र सुनसरी जिल्लाका ट्राफिक प्रमुखहरुले आ–आफुले नेतृत्व गरेको जिल्लाको ट्राफिक व्यवस्थापनको सम्बन्धमा जानकारी गराउनुभयो। traffice 2अन्तरकृयामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पादन गर्न बाँकी कार्यहरु र ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधनका चालकहरुलाई कारवाहीको दायरमा ल्याउन जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुभयो। 

traffic 1उहाँले ट्राफिक नियम उलंङ्घन गरी लामो समय सम्म सवारी साधनको कागजपत्र लिन नआउने सवारी चालक तथा धनिलाई समय  सिमा तोकी जानकारी गराउन मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुभयो। 

traffice 4कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायतको उपस्थिती थियो ।