दुहबी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १२ मा दुहबीमा लागुपदार्थ तथा दुव्र्यशनी सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ ।

प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि इटहरीका अध्यक्ष बिकल पौडेलको अध्यक्षता तथा दुहबी नगरपालिका उपप्रमुख मेनुका पोखरेल (खतिवडा)को प्रमुख आथित्यतामा  कार्यक्रम गरिएको हो ।

दुहबी नगरपालिका १२ मा प्रेस नेटवर्क मेनेजमेन्ट पा.लि इटहरीको आयोजना ,दुहबी नगरपालिका वडा नम्बर १२ को सहयोग,  हेल्पिङ युथ सुनसरी र इलाका प्रहरी कार्यालय दुहबीको सहकार्यमा   लागुपदार्थ तथा दुव्र्यशनी सम्बन्धि सचेतता मुलुक कार्यक्रम गरिएको छ । दुहबी वडा नम्बर १२ का अभिभाक , विद्यार्थी लगाएतलाई लागुपर्दाथबाट कसरी बच्ने , लागुपदार्थमा फसेर कसरी उम्कने , लागुपदार्थमा लागि परेकालाई कसरी जुटकारा बनाउने लगाएत विषयमा जानकारी गराइएको थियोे ।

इलाका प्रहरी कार्यलय दुहइङ्लिस पेक्टर मोहन पोखरेलले दुव्र्यसनी बिरूद्व आमाहरूको विषयमा प्रशिक्षण गराएका थिए ।

कार्यक्रमले बालबालिका अभिभावक  ,शिक्षक लगाएतलाई लागुपदार्थ तथा दुव्र्यशनी जानकारी पाएका दुहबी नगरपालिका उपप्रमुख मेनुका पोखरेल (खतिवडा)ले बताउनुभयो ।नगरपालिकाले लागुपदार्थ सम्बन्धि कार्यक्रम वडा वडामा गर्दै आउने उहाँको भनाइ छ ।

बालबालिकाहरूलाई लागुपदार्थ तथा दुव्र्यशनीबाट  कसरी बच्ने , फसेकालाई कसरी जटकारा बनाउने , लागुपदार्थमा नलाग्न के गर्ने विषयमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको प्रेस नेटवर्क मेनेजमेन्ट पा.लि इटहरीका अध्यक्ष बिकल पौडेलले बताउनुभयो ।

वडाले लागुपदार्थ तथा दुव्र्यशनी सम्बन्धि जन चेतना मुलक कार्यक्रमले अभिभावक ,बालबालिकालाई फाइदा हुने दुहबी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष  रामचन्द्र चौधरीले बताउनुभयो ।

लागुपदार्थ दुव्र्यशनीबाट अभिभावकले बालबालिकाको हेरबिचार गरे बालबालिकाहरूलाई लागुपदार्थ दुव्र्यसनीबाट बचाउन सकिने रेडक्रस सोसाइटी दुहबीका सचिव रमेशबाबू थापा बताउनुभयो ।