काठमाडौं / चलचित्र 'छक्का पन्जा ५'को निर्माण घोषणा गरिएको छ । सोसल मिडियामा पोस्टर सार्वजनिक गर्दै आगामी दसैँको फूलपाती अर्थात् असोज २४ गतेलाई चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।

चलचित्रको आजबाट नै छायाङ्कन सुरु गर्न लागिएको निर्माण पक्षले जनाएको छ । भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा मुहूर्त गर्दै चलचित्रको छायाङ्कन प्रारम्भ गरिएको हो । ४५ दिनको छायाङ्कन सेड्युल राखिएको उक्त चलचित्रमा सामाजिक विषय उठाउन लागेको जनाइएको छ ।

आमा सरस्वती मुभिज र आईएमआईको प्रस्तुतिमा निर्माण हुन लागेको 'छक्का पन्जा ५'मा अभिनेत्री वर्षा सिवाकोटीको प्रवेश भएको छ । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गर्ने भएकी छन् ।