इटहरी / लामो समयपछि फिल्ममा कमब्याकको तयारीमा रहेका अभिनेता सुशील श्रेष्ठको नयाँ फिल्मको पोस्टर सार्वजनिक भएको छ । 

फिल्म ‘आउट लः दफा २१९’को फस्टलुक रिलिज भएको हो । जहाँ सुशिललाई सोलो फिचर्ड गरिएको छ । सार्वजनिक पोस्टरमा मेसिनगन बोकेर एक्सन एङ्ग्री अवतारमा प्रस्तुत भएका उनको लुक्सले धेरैलाई आकर्षित गर्न सक्छ ।

फिल्मलाई अमित अग्रहरिको निर्माणमा तयार गरिएको हो । स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा रहेको यो फिल्मको फर्स्टलुक पोस्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । आगामी असोजको ३ गतेबाट नेपालसहित अन्य देशहरूमा समेत यो फिल्म ‘आउट लः दफा २१९’ प्रदर्शन गरिने तय भएको हो । यो फिल्मको यसअघि एक टिजर सार्वजनिक भैसकेको छ ।

१ वर्षअघि सार्वजनिक टिजरमा सुशिलले झण्डै एक दर्जन ब्यक्तिलाई एकैठाउ मारेको दृष्य समावेश गरिएको थियो भने टिजरमा देखाईएको उनको पछाडीको भागमा खोपिएको ट्याटुको पनि चर्चा चलेको थियो । फिल्ममा विक्की महर्जनको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय छ भने विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्माताको रुपमा रहेका छन् ।