इटहरी / नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं. २ कार्य समिति सुनसरीको प्रथम अधिवेशन इटहरीमा सम्पन्न भएको छ ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं. २ कार्य समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरीको अध्यक्षता तथानेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व सांसद राजिव कोइरालाको प्रमुख आतिथ्यतामा प्रथम अधिवेशन गरिएको थियोे ।

महासंघले आदिवासी जनजातिहरूको हकहितमा   काम गर्दै आएको र अगाडि दिनमा गर्न अध्यक्ष तेजनारायण चौधरीले बताउनुभयो । केन्द्रीय समितिको अधिवेशन यहीँ जेठ २६, २७ र २८ काठमाडौमा हुने अधिवेशनलाई सफल बनाउन यो अधिवेशनले सहयोग  उहाँको भनाइ छ ।

लोकतन्त्रवादी आदिवासी जनजाति महासंघलाई आगामी दिनमा सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व सांसद राजिव कोइरालाले बताउनुभयो । 

कार्यक्रममा विभिन्न जातिहरूको सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी , नेपाली काङ्ग्रेस प्रदेश १ सदस्य ,महाधिवेशन सदस्य १ नम्बर प्रदेश खेलकुद विकास संयोजक सुर्य , नेपाली काङ्ग्रेस प्रदेश १ का सदस्य तथा तरूण दल सुनसरीका सभापति सिजन गुरूङ , नेपाली काङ्ग्रेस आदिवासी जनजाति महासंघ इटहरी नगरका सभापति जीवन राई ,प्रमोद भट्टराई ,बिक्रम घिमिरे , नेपाली काङ्ग्रेसमा आबद्ध कोबिद जंग कार्की , दिल कुमार राई , राउल बस्नेत , रोसन तामाङ , प्रदिप केशी लगाएतको काङ्ग्रेसका प्रतिनिधिहरूको बाक्लो सहभागी रहेको थियोे ।

केन्द्रीय कार्यसमितिको पाँचौ पूर्ण बैठकले प्रथम राष्ट्रिय महाधिवेशन २०८१ जेठ २६, २७ र २८ गते काठमाडौँमा सम्पन्न गर्ने गरी महाधिवेशन कार्यतालिका पारित गरेको छ । महाधिवसेशनको  मूल नाराका ‘संगठित, प्रशिक्षित र समुन्नत समाज निर्माण हाम्रो अभियान, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्म निरपेक्षताको रक्षार्थ प्रथम राष्ट्रिय महाधिवेशन" भन्ने तय गरिएको छ ।