इटहरी/ इटहरी ६ स्थित होटल इनटुरिष्ट प्यालेसले पाँचौ वार्षिकोत्सवको अवसरमा निःसहाय बालबालिकालाई भोजन गराएको छ। इनटुरिष्टले इटहरी ४मा रहेको निःसहाय बालबालिका सेवा आश्रममा आश्रीत बालबालिकालाई भोजन गराएको हो।threeइटहरी ६स्थित संगित चोकमा रहेको होटल इनटुरिष्टले चार वर्ष पुरा गरी पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा निःसहाय बालबालिका सेवा आश्रमकी सञ्चालिका गिता गौतमको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरेको हो। कार्यक्रममा होटलका ब्यवस्थापक इश्वरी पराजुली,समृद्धी फाइनान्सका डिसिईओ हेमन्त चौहान, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अमर खड्कालगायतको उपस्थिती थियो।

twoबार्षिकोत्सवमा होटल इनटुरिष्ट प्यालेसका प्रवन्ध निर्देशक मिसन पराजुलीले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई होटलले उत्कृष्ट सेवा प्रदान गर्दै आएको र आउँदा दिनमा सेवा बिस्तार गर्दै लाने बताउनुभयो। उहाँले सेवा बिस्तारका क्रममा शनिबार(आज) देखि थकाली खाना शुरु गरेको बताउनुभयो। 

fourपुर्वी नेपालमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने गरी सुविधा सम्पन्न होटल मध्ये आन्तरिक तथा वाह्य पर्यटकहरुको रोजाईमा होटल इनटुरिष्ट पर्दै आएको छ।

oneतारे होटलको सुविधा आफुहरुले ग्राहकहरुलाई प्रदान गर्दै आएको वताउदै प्रवन्ध निर्देशक पराजुलीले होटलमा एसीसहितका २३ वटा कोठाहरू, सेमिनार हलकोसहितको सुविधा रहेको जानकारी दिनुभयो।