इटहरी/ सुनसरीको भवानीपुर सामुदायिक वन उपभोक्ता समुहको मिलोमतोमा काठ कटान गरेको भन्दै डिभिजन बन कार्यालय सुनसरीले छानबिन शुरु गरेको छ। कटान आदेश भन्दा वढि रुख कटान गरेको भन्दै डिभिजन बन कार्यालय सुनसरीले छानविन शुरु गरेको हो ।

भवानीपुर सामुदायिक वनमा सामुदायिक वन पदाधिकारीहरुको मिलोमतोमा अवैध रुख कटाउने गरेको गोप्य उजुरी परेपछि वन कार्यालयले छानविन शुरु गरेको हो।

भवानीपुर सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष यमकला राईले भने निर्देशन भन्दा बढि रुख कटान नगरेको बताउनु भएको छ।

डिभिजन बन कार्यालय सुनसरीले भने उजुरी आएको भन्दै कार्यालयले आन्तरीक रुपमा छानबिन गर्दै गरेको र प्रतिबेदन आएपछि मात्रै कटान आदेश बाहेकको परिमाणमा रुख काटिएको नकाटिएको भन्न सकिने बताएको छ।

डिभिजन बन कार्यालय सुनसरीले यो वन उपभोक्ता समुहलाई २५ सय ७६ दशमलव ३८ क्युविक फिट रुख कटान गर्ने अनुमति दिएको थियो। जसमध्ये १९ वटा रुख कटान गर्दा करिव २१ सय ८२ दसमलव ३० क्युविक फिट रुख समुहले कटान गरिसकेको छ।

सामुदायिक वनहरुमा ढलेको, कुहिएको र वनलाई क्षति पुग्ने रुखहरु वर्षेनी जिल्ला वन कार्यालयले कटान गर्ने निर्देशन दिदै आएको छ।