इटहरी  / संकल्प युवा क्लब इटहरी ५ ले आयोजना गरेको तेश्रो अजय बिजय स्मृति कपको उपाधी पुर्वान्चल युनाइटेड क्लबले  हात परेको छ ।

इटहरी ५ मा रहेको संकल्प युवा क्लबद्वारा तेश्रो अजय बिजय स्मृति कपको

फाइनल खेलमा पुर्वान्चल युनाइटेड क्लब सुन्दरहरैचाले हिमालय युनाइटेड क्लब कानेपोखरीलाई ०-१ ले हराउँदै  उपाधि सहित नगद ५५,५५५ रुपैयाँ हात  परेको हो  । खेलको पहिलो हापमा पुर्वअञ्चल युनाइटेड क्लबका जर्सी  न. १० का खेलाडी  बिरेन लिम्बु ९ औं मिनेटमा  १ गोल गरेका थिए । त्यही गोल निर्णयक गोल रहयो । 

खेलमा पुर्वान्चल युनाइटेड क्लबका खेलाडि बिरेन लिम्बू  म्यान अफ द म्याच घोषित भए । पुर्वान्चल युनाइटेड क्लबका रोशन कार्की  उत्कृष्ट गोल किपर बन्न सफल भए  । 

हिमालय युनाइटेड क्लब कानेपोखारी उपविजेता बन्दै बन्दै  ३३,३३३ रुपैयाँ सहित मेडल ट्रफी प्रमाणपत्र हात परेको हो ।

युवाहरूलाई एकत्रित गर्ने र खेलप्रति आकर्षित गर्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजित क्लबका अध्यक्ष सोमित क्षेत्रीले बताउनु भयो ।

नगरपालिकाले रक्तमाला खेलामैदानलाई आर्थिक सहयोग गर्ने कार्यक्रमकि प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका उप-प्रमुख संगिता कुमारी चौधरीले बताउनुभयो । नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएको उहाँको भनाइ छ ।

आकश इन्स्टिच्युट इटहरीको मुख्य प्रायोजन रहेको थियोे । सो खेलमा खेलाडी ,स्थानीय लगाएतको बाक्लो सहभागी रहेको थियोे ।